कालिका मन्दिर कालिका आश्रम

कालिका माता को धार्मिक महत्वः

“या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।”
(देवी समस्त प्राणीमा, छिन् शक्ति रूपले जुन ।
नमस्कार नमस्कार, तिनलाई पुनः पुनः ।।)

माँ काली हिन्दू धर्मको एक प्रमुख देवी हुन्, जो समय, मृत्यु र विनाशसँग सम्बन्धित छिन्। उनी ज्ञान र मुक्तिको प्रतीक पनि हुन्। कालीलाई दस महाविद्याको पहिलो देवी मानिन्छ, जसले मुक्तिदायक ज्ञान प्रदान गर्छिन्। उनी शक्ति र शैव परम्पराको केन्द्रीय देवी हुन्।

कालिका मन्दिर कालिका आश्रम​

पृष्ठभूमि

नेपाल प्राकृतिक दृष्टिकोणले अति सुन्दर, रमणीय देश हो । यहाँका प्राकृतिक वस्तुहरू पहाड, नदीनाला, हिमाल, समथर तराईका फाटहरू, झरना र तरेलीहरू, वन जङ्गल आदिका कारण अद्वितीय छ । हावापानीको हिसाबले हेर्ने हो भने पनि सबै किसिमको हावापानी,उँचाइकोे हिसाबले हेर्ने हो भने समुद्री सतहदेखि कम उँचाई र संसारको सबैभन्दा उच्च हिमश्रृङ्खला भएको ठाउँ पनि नेपाल नै हो । हाम्रो देशको परिचय भन्नु नै प्राकृतिक सौन्दर्य हो । यहाँका मानिसहरू पनि मेहनेती, सिधा एवम् दयाभावले मानव परोपकारका लागि लागि पर्ने ऋषिमुनिहरू समेतले तप गरेको तपोभूमि हो । हाम्रो देशको गौरव बढाउने यी विविध पक्षको संयोजनबाट नै स्थान विशेषको महत्व झल्केको छ । ठूला नदी तथा समुद्रको संगमस्थलहरूबाट मानव सभ्यता र संस्कृतिको विकास भएको हामी इतिहासबाट थाहा पाउँछौं । हाम्रो देशका अधिकांश ठूला नदीहरू सप्तकोशी, नारायणी, कर्णाली लगाएतका नदीको उद्गम स्थल हिमालय हो । हिमश्रृङ्खलाबाट निस्केका नदीहरू अन्य ठूला नदीहरूसँग मिल्ने स्थान संगमलाई प्राचीनकाल देखिनै हिन्दुधर्मले पवित्र तीर्थस्थलका रूपमा मान्दै आएको छ । यस्तै नदीका किनार तथा त्रिवेणी र धामहरूमा ऋषिमुनिहरुले तपस्या गर्दै आइरहेका पनि छन् । कालिका क्षेत्र यस्तै क्षेत्र अन्तर्गत सप्तगण्की (जसलाई नारायणी पनि भनिन्छ), काली र मस्र्याङ्दी आदि मिसिएको देवघाट क्षेत्रको समीप, तीनैतिर नारायणी तथा उत्तर तर्फ कालिगण्डकी नदीले घेरेको क्षेत्र, शक्तिपीठका रूपमा परम्परादेखि नै मान्दै आएको पवित्र काली भगवतीमाताको वासस्थानको रूपमा लिन सकिन्छ । कालिका नेपालको मध्यभागमा अवस्थित अतिपवित्र शक्तिपीठ हो । कालीदेवीको शक्ति देवाधिदेव महादेवले पनि मानेका छन् ।
यसै क्रममा नया ऐतिहासिक काष्ठकला द्वारा भरिपुर्ण मन्दिर बनेपछि पर्यटकहरूको चाप बढ्दै जाने र यसलाई व्यवस्थित नगर्ने हो भने केही समयपछि विभिन्न किसिमका विकृति र प्रदूषणले यसको साख घट्ने छ । वातावरण ध्वनि प्रदूषण भई सामाजिक विकृतिसमेत हुने सम्भावना रहन्छ । तसर्थ यसलाई बेलैमा दीर्घकालीन सोच राखेर व्यवस्थित धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न वाञ्छनीय खिएकोले कार्य समिति कालिका मन्दिर गैँडाकोटले गुरु योजना तयार गरी कार्यान्वयन गर्ने जमर्को गरेको हो । गुरु योजना भन्नासाथ धेरै कुराहरू आउँछन् यद्यपि हामीले यहाँनिर धार्मिक तथा पर्यटकीय विकाससँग सम्बन्धित पक्षहरूलाई मात्र समेटेर यो योजना तयार गरिएको छ । यो योजना वि.सं. २०८१ बाट शुरुभई १५ वर्ष पछिसम्म क्रमशः कार्यान्वयन गर्दै वि.सं.२०९५ पूरा गर्ने लक्ष्यकासाथ यस वर्षलाई तयारी तथा प्रचार प्रसारको वर्षका रूपमा लिइएको छ । कतिपय कुराहरू १५ वर्षमा पनि पूरा हुन नसकी निरन्तर चलिरहने कुराहरू छन् तिनीहरूलाई समयसीमामा बाँधिएको छैन । भक्तजन तथा चन्दादाता एवम् दातृसंस्थाहरूको रुचि संस्थाको आवश्यकता र प्राथमिकतालाई मध्यनजर राख्दै १५ वर्षे कार्यक्रमलाई ३ वटा पञ्चवर्षीय योजनामा प्राथमिकताकासाथ पूरा गर्दै लगिने छ । पहिलो ५ वर्षमा के गर्ने, दोस्रोमा के–के गर्ने भन्ने कुरा कालिका मन्दिर कालिका आश्रमले आफ्नो बार्षिक साधारण सभामा गुरु योजनाको आधारमा कार्यक्रम तयार गरी अनुमोदन पश्चात् कार्यान्वयन गर्दै लानेछ । गुरु योजनाको कार्यान्वयनका क्रममा केही बाधा कठिनाइहरू आई संशोधन गर्नु पर्ने भएमा यसको मूलमर्म र भावनालाई असर नपर्ने गरी संरचनामा धेरै परिवर्तन नगरिकन सामान्य फेरबदल गर्न सकिनेछ । भौतिक संरचना निर्माण गर्दा भने फेरबदाल गर्नु परेमा विशेष ध्यान दिनु पर्ने छ । सबैको निरन्तर सहयोग, भगवतीमाता कालीको सद्भावले गुरु योजनामा प्रस्तावित गरिएका सबै कार्यहरू कुनै पनि विघ्नबाधा नपरिकन सोच अनुसार पूरा हुनेछन् भन्ने हामी सबैको विश्वास छ ।

कालिका माता को धार्मिक महत्वः

शक्ति, सामथ्र्य, सिद्धि, इष्टसिद्धि, मनस्काङ्क्षातृप्ति, आत्मसन्तुष्टि, परम आनन्दप्राप्ति वा जीवनमुक्तिका लागि संसारका समस्त मानव कुनै न कुनै रूपमा केही न केही प्रतीकस्वस्वरूप वस्तुचिन्ह स्थापित गरी परम शक्ति वा ईश्वरको स्तुति र अर्चना गर्छन् । संसारमा कोही पनि नास्तिक छैनन् । वचसा ईश्वरको अस्तित्व नस्वीकार्ने अभिनय गरेपनि मनसा कोही पनि नास्तिक हुन सक्तैनन् । कोही श्रद्धा, कोही भक्ति, कोही दुःखमोचन र कोही भयवश ईश्वरपूजक बन्न पुग्छन् । सबै आस्तिक र शक्तिपूजक छन् । कोही साकार त कोही निराकार शक्तिको, शक्तिमान् र शक्तिस्वरूपाको आराधना गर्छन् । आद्याशक्ति दुर्गा, काली, लक्ष्मी, सरस्वती, राधा, सीता, पार्वतीका साथै सदाशिव, महाविष्णु, परब्रह्म तथा श्रीराम, श्रीकृष्ण आदि अनेक अवतारी महापुरुष वा अल्लाह, इसा र गड मान्ने सबै ईश्वरीय शक्तिकै उपासक हुन् । सिद्ध–योगीजन निराकार ज्योतिपुञ्ज परब्रह्मको चिन्तनमा निमग्न वा ध्यानमग्न हुन्छन् । आर्यसंस्कृतिमा तेत्तीस कोटि देव–देवीको परिकल्पना गरिएको छ र ती सबै स्तुत्य र पूज्य बनेका छन् । आदिम शक्तिमान्लाई ब्रह्मा, विष्णु, महेश्वर तथा तिनका शक्तिपुञ्जलाई क्रमशः महासरस्वती, महालक्ष्मी र महाकालीका रूपमा पुज्ने हाम्रो पुरातन सनातन परम्परा हो ।

सर्वप्राणीलाई ग्रहण गर्नु, थाम्नु, वशीभूत गर्नु वा स्वयम्मा समेट्नु कलन हो र तिनै शक्तियुक्त देवीको नाम कालिका हो । (“कलनात्सर्वभूतानां स कालः परिकीर्तितः ।”) “कलयति भक्षयति प्रलयकाले सर्वम् इति काली” अर्थात् प्रलयकालमा सम्पूर्ण सृष्टिलाई आफ्नो ग्रास बनाउने शक्ति नै कालिका हुन् ।

— कालिका माता को धार्मिक महत्वः

काल शब्दबाट काली र कालिका बनेका हुन् । काल शब्द समय र विश्वसंहारक शङ्करको सूचक हो । महाकाल प्रलयकर्ता शङ्कर हुन् । काली शिवशक्तिरुपा पार्वतीको उपाधि हो । शिवपत्नी कृष्णवर्णकी शक्तिस्वरूपा काली कहिले कृष्णवर्णकी रुद्रस्वरुपिणी महाकाली, कहिले दुर्गादेवी र उनै कहिले गौररूपा गौरी र महासरस्वती तथा कहिले विष्णुस्वरूपा महालक्ष्मी (विष्णुशक्ति) का रूपमा प्रकट हुन्छिन् । काली महाशक्तिस्वरूपिणी दुर्गादेवीको नाम हो । सत्व–रज–तम त्रिगुणात्मिका शक्तिकी पुञ्ज देवी हुन् । एउटै शक्तिका अवस्थाविशेषले तीन वृत्ति, गुण र धर्म छन् । सत्वरूपा सरस्वती, रजोरूपा महालक्ष्मी र तमोरूपा महाकाली मानिन्छिन् । यस सृष्टिचक्रमा आवश्यकतानुसार उपर्युक्त त्रिशक्तिको प्रादुर्भाव, आविर्भाव र अवतरण हुन्छ । विशेष स्थिति र परिस्थितिमा उपासकको उपासना र कामनाअनुसार कुनै एक शक्तिको प्रादुर्भाव हुन्छ ।

तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा भनिएकी छिन् । मधु र कैटभ दानवको विनाश गर्नका लागि ब्रह्माजीले जसको स्तुति गरे, तिनकै नाम महाकाली हो ।

०१.

“योगनिद्रा हरेरुक्ता महाकाली तमोगुणा । मधुकैटभनाशार्थ यां तुष्टावाम्बुजासनः ।।

(दुर्गासप्तशती, वैकृतिक रहस्य, श्लो।२)
विष्णुको कर्णमलबाट उत्पन्न मधु र कैटभ ब्रह्माजीलाई वध गर्न उद्यम हुँदा उनले विष्णुनेत्रमा निवास गर्ने योगनिद्रा देवीको आराधाना गरेपछि विश्वकी अधिष्ठात्री, पालनकत्र्री र संहारकत्र्री महाकाली तेजस्वरूप भगवान् विष्णुको अनुपम शक्तिका रूपमा प्रकट भएकी हुन् ।

०२.

“विश्वेश्वरी” जगद्धात्री” स्थितिसंहारकारिणीम् । निद्रां भगवती विष्णोरतुलां तेजसः प्रभु ः ।।”

(दुर्गासप्तशती, १।७१)
शुम्भ दैत्यबाट तिरष्कृत र निशुम्भबाट युद्धमा पराजित भएपछि देवताहरूको स्तुतिबाट प्रसन्न पार्वतीको शरीरबाट अम्बिका अर्थात् कोशबाट कौशिकी प्रकट भएपछि गौराङ्गना गौरी वा पार्वतीदेवीको शरीर कालो भयो, यसकारण हिमालयमा विराजित देवी कालिका नामबाट विख्यात भइन् । महामाया र नित्यस्वरूपा जगद्व्यापिनी सर्वरूपा देवी देवताहरूको कार्यसिद्ध गर्नका लागि प्रकट भएकी हुन् ।

०३.

“देवानां कार्यसिद्धय्र्थमाविर्भवति सा यदा ।” (पूर्ववत् १।६५)  शरिरकोशाद्यत्तस्याः पार्वत्या निःसृताम्बिका ।  कौशिकीति समस्तेषु ततो लोकेषु गीयते ।।  (पूर्ववत् १।७८) “तस्यां विनिर्गतयां तु कृष्णाभूत्सापि पार्वती ।  कालिकेति समाख्याता हिमाचलकृताश्रया ।।  (पूर्ववत् ५।८८)

 कालिका–महामूर्ति प्रलयको सूचक हो । काली अनन्त शक्तिकी आश्रय हुन् । उनी जगत्की एकमात्र परम आधारस्वरूपा देवी मानिन्छिन् । 

०४.

“आधारभूता जगतस्त्वमेका महीस्वरूपेण यतः स्थितासि ।” (पूर्ववत् ११।४)

कालिकादेवी जयन्ती (विजयशाली), मङ्गला (मङ्गल वा कल्याणकारी), काली (प्रलयकारी) भद्रकाली (सुख वा कल्याणप्रदा), कपालिनी (कपाल र मुण्डमालाधारी), दुर्गा (अष्टाङ्गयोग–कर्म उपासनारूपी क्लेश वा दुःखले मात्र प्राप्त गर्न सकिने), । क्षमा (त्रुटि र अपराध माफ गर्ने), शिवा (सर्वकल्याणकारी), स्वाहा (होमादि यज्ञभाग ग्रहण गरेर देवतागणलाई पोषण गर्ने) र स्वधा (श्राद्धतर्पण स्वीकार गरी पितृपोषण गर्ने) आदि अनेक नामबाट विख्यात छिन् । 

कालिका मन्दिर कालिका आश्रम​

कालिका मन्दिर कालिका आश्रमको संक्षिप्त परिचय

यतो धर्मस्ततो जय: भन्ने सदुक्तिलाई हृदयङ्गम गरी धार्मिक पूजार्चनादि अनुष्ठानद्वारा आध्यात्मिक भावनाको विकास गर्नका निमित्त धार्मिक संघ संस्थाहरूको संस्थापना हुने गर्दछ । यस क्रममा समाजमा बढ्दै गइरहेको चरम भौतिकवादी, भोगवादी आसुरी प्रवृत्तिबाट निवृत्त हुन सत्सङ्ग, आध्यात्मिक प्रवचन गोष्ठीहरूको आयोजना गरी आध्यात्मिक नैतिक समाजको स्थापना हेतु यस कालिका मन्दिर कालिका आश्रमको जन्म हुन गएको हो । स्थानीय धर्मप्राण जन समुदायको इच्छाअनुसार आदिशक्ति भवानी कालिका माताको मन्दिर स्थापना गरी समाजका असद्वृत्तिको समाप्ति र सत्य न्यायादि सुप्रवृत्तिको प्राप्तिका लागि आमा भवानीको पूजन-आराधना गर्ने उद्देश्य अनुरूप संस्थापित यस संस्थाको गौरव गरिमा विशिष्ट छ। यस संस्थाले समयको प्रवाहसंगै | गतिशीलता प्राप्त गर्न २०३९ सालमा मन्दिरको निर्माण गरी त्यसमा | माता कालिकाको मूर्ति स्थापना एवं प्राण प्रतिष्ठा गरिएको हो । त्यसपछि | स्थानीय धर्मानुरागी व्यक्तित्वहरूको अनवरत सहयोग र सद्भावनाको फलस्वरूप यसलाई संस्थागत रूप दिन कालिका मन्दिर कालिका आश्रमको विधान, २०४९ पारित भयो (दर्ता मिति: २०४९/०७/०६)। नेपाल सरकारको संघ- संस्था ऐन २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता भई यो संस्थाले वैधानिक मान्यता प्राप्त गन्यो । यसरी एउटा गैर सरकारी संस्थाका रूपमा आफूलाई प्रस्तुत गरेको यस संस्थाका उद्देश्यहरूमा पनि व्यापकता आयो । संस्थाको विधान अनुसार “यस आश्रमको मूल उद्देश्य मनुष्य | मात्रको शारीरिक, मानसिक, बौद्धिक विकासको लागि आदर्श गुरूकुल परम्परानुसार पुस्तकालय स्थापना गरी अध्यापन कार्य सञ्चालन गर्ने, ज्ञान र विज्ञान एक- अर्काको पूरक हुन् भन्ने बारे बोध गराउने, आधुनिक युगको मागअनुसार भाषा ज्ञानका लागि अंग्रेजी भाषा पनि आंशिक ऐच्छिक रूपमा अध्यापन गर्दै सामाजिक सुधारका लागि आत्मानुशासन र मौका-मौकामा वैदिक हिन्दू धर्मले मान्दै आएका पर्वहरूमा धार्मिक आध्यात्मिक प्रबचन गर्ने, गराउने र “परोपकाराय सतां विभूतय;तमसो मा ज्योतिर्गमय, धर्म एव हतो हन्ति, धर्मो रक्षति रक्षितः जस्ता उपदेशलाई समेत सार्थक पार्न प्रयत्नरत रहने उद्देश्य हुनेछ ।”

उपर्युक्त मूल उद्देश्यका अतिरिक्त यस संस्थाले वैदिक सनातन धर्म संरक्षण एवं मानव कर्तव्यबोधका लागि प्रेरित गर्ने, पारस्परिक सद्भावना र सह-चिन्तनका लागि प्रयत्नशील रहने, धार्मिक-सामाजिक एवं सांस्कृतिक महत्वका अवयवहरूको सुरक्षा गर्ने, ज्ञान-विज्ञानका | विभिन्न पुस्तकहरू संकलन गरी एउटा पुस्तकालय सञ्चालन गर्ने समय-समयमा प्रवचन गोष्ठी यज्ञ आदिको आयोजना गर्ने कम्तीमा वर्षको दुईपटक नबाह, लक्ष होम जस्ता पौराणिक वैदिक यज्ञ गर्ने, योगी, बृद्ध, अशक्तहरूको सहायतार्थ कोष स्थापना गर्ने, अन्य वैदिक-धर्मका संस्थाहरूप्रति मैत्री, सौहार्द कायम गर्ने, दैनिक पुजा सञ्चालन गर्ने, वैदिक हिन्दूदर्शन तथा सम-सामयिक ज्ञान विज्ञानका सूचना प्रवाह गर्ने, ज्ञानवर्धक पत्र-पत्रिकाको संकलन तथा प्रकाशन गर्ने जस्ता विशेष उद्देश्यहरू पनि यस संस्थामा अन्तर्निहित छन् ।

यस स्थानमा मन्दिर निर्माण गर्ने भावना कसरी उत्पन्न भयो ? कालिका मन्दिर नै किन संस्थापना गरियो ? भन्ने सम्बन्धमा यसको लामो इतिहास चाहिं देखिदैन । २०२९ साल वसन्त ऋतुको समयमा गैंडाकोट गाउँभरि पशुरोग फैलिएको र सो रोगबाट निवृत्ति पाउनका लागि कालिका माईको पूजा गरिएको प्रसङ्ग नै मन्दिर स्थापनाका लागि पूर्वाधार बनेको कुरा स्थानीय समाजसेवी नारायण दत्त पौडेल र टीकाराम आचार्यको भनाइ छ। अहिले जहाँ मन्दिर अवस्थित छ त्यसै ठाउँको करीब ५० मीटर दक्षिणमा रहेको कटहरको फेदमा सर्वप्रथम कालिका माईको पूजा भएको र पूजनपश्चात् साँच्चि नै गाउँमा व्याप्त पशुरोग नियन्त्रित भएको कुरा श्री पोडेल र आचार्य बताउनु हुन्छ । यसपछि नै सो स्थानमा समय समयमा कालिका देवीमा पूजा गर्ने चलन चल्न थाल्यो । यसै क्रममा २०३३ सालमा सोही स्थानमा एक प्राथमिक विद्यालय खोली कालिका प्राथमिक विद्यालय नामकरण गरियो । बिद्यालय स्थापनाको लागी उपयुक्त ठाउँ छनौट गर्दा भविष्य कालिका भगवातिको मन्दिरको रुपमा बिकाश बिस्तार गर्न सहज हुने गरी र बिद्यालय र मन्दिरलाई कुनै असर नपर्ने गरी त्यस बेलाका अग्रज धार्मिक तथा सामाजिक व्यक्तित्वहरुले कटहरको रुखको फेदमा गर्दै आएको कालिका भगवतीको पुजा थान लाई लगभग ५० मिटर उत्तर तर्फ हाल कालिका मन्दिर कालिका आश्रम रहेको परिषर भित्र २०३३ सालको चैत्रास्तामीमा स्तान्तरण गरि कालिका भगवतीको थान गराई पुजा अर्चना सुरु गरिएको थियो | यसै तथ्यलाई मन्दिर स्थापनाको शुवरम्भ मानिन्छ |कालिका भगवतीको पूजार्चनाका लागि टीकाराम आचार्य,कृष्णबहादुर बस्नेत, नारायणदत्त पौडेल, भवदत्त चापागाई, मुक्तिनाथ घिमिरे, पीताम्बर लामिछाने, धनबहादुर कुँबर आदि धर्मप्रेमी, समाजसेवी महानुभावहरूको सक्रियता रह्यो । यसपछि २०३७ सालमा मन्दिर निर्माण गर्ने निर्णय भयो । सोही सालमा मन्दिर निर्माण कमिटी भवानीशंकर सापकोटाको अध्यक्षतामा गठन भयो । सो ऐतिहासिक समितिको बनोट निम्न अनुसार थियो

अध्यक्ष-भवानीशंकर सापकोटा, उपाध्यक्ष- भुमीश्वर सापकोटा, सचिव-भवानीप्रसाद चापागाई, कोषाध्यक्ष- लीलाराम आचार्य र सदस्यहरूमा त्रिलोचन वन सन्यासी, नारायणदत्त पौडेल, लक्ष्मीदत्त सापकोटा, टीकाराम आचार्य, गनु वन सन्यासी र गौरीश्वर आचार्य । यसरी २०३७ सालदेखि निर्माण कार्य शुरू भएपछि २०३९ सालमा मौलाको स्थापना गरी विजयादशमीका दिन मौलामा टीका लगाएर मात्र घरमा टीका लगाउने प्रचलन शुरू भयो ।

 २०४० सालमा कालिका देवीको मूर्ति स्थापना भयो । सो मूर्ति श्रीमती पतनादेवी अधिकारीको सौजन्यबाट र मन्दिरको गजुर शक्तिप्रसाद सापकोटाको सौजन्यबाट प्राप्त भएको थियो र २०४१ सालमा एउटा कालिका मन्दिर सञ्चालनार्थ समिति गठन भयो । सो समितिका अध्यक्ष लक्ष्मीदत्त सापकोटा, उपाध्यक्ष लीलाराम आचार्य, सचिव- हरिप्रसाद कंडेल, कोषाध्यक्ष नारायण पौडेल र सदस्यहरूमा भवानीशंकर सापकोटा, चन्द्रप्रसाद चापागाई, शक्तिप्रसाद सापकोटा, नवीनसागर उपाध्याय, भूमानन्द गिरी, पुरूषोत्तम सापकोटा र तिलकप्रसाद सापकोटा हुनुहुन्थ्यो । यो समितिले प्रत्येक चैत्राष्टमी, रामनवमी र बडा दशैंमा नियमित पूजा गर्ने चलन चलायो । यस क्रममा बडा दशैँको बेला देवी भागवत, नवाह महायज्ञ, चैत्राष्टमीमा भगवद्भजन एवम् अखण्ड कीर्तन गर्ने प्रचलन रह्यो जो आजसम्म कायमै छ । यसको दैनिक पूजा चलोस भनेर यसै क्षेत्र का सन्त नेता दानवीर स्वर्गीय सुर्य भक्त अधिकारीले २ कट्ठा जमिन मन्दिर को नाम मा दान गरेर दिनु भयो र सोही जग्गा बाट उत्पादन भएको अन्नबाट अहिले सम्म पूजाको लागि अक्षता चलिरहेको छ |

यस अतिरिक्त उक्त समितिले ०४४ / १२ / १० मा मन्दिरको परिसर अन्दाजी १४ रोपनी जग्गामा तारबार गर्ने निर्णय गरेको थियो । तर सो निर्णयपछि तुरून्तै तारबारको कार्य सम्पन्न हुन नसकेको हुँदा २०४७ / ५ / ३१ गते बैठकद्वारा ०४६ सालको बडा दशैं र चैते दशैंमा वचत हुन गएको रकमबाट तारबार गर्ने अर्को निर्णय गरी सो कार्य शीघ्र पूर्ण भएको देखिन्छ । २०४८ / १२ / ८ मा मन्दिरका सम्पूर्ण सदस्यहरू तथा गाउँका धर्मप्राण जनताको भेलाद्वारा देहाय बमोजिम एक तदर्थ समिति गठन गरियो-

अध्यक्ष – नवीनसागर उपाध्याय, उपाध्यक्ष लीलाराम आचार्य, सचिव झलकराज पौडेल, सह-सचिव सूर्य ढकाल, कोषाध्यक्ष बालप्रकाश अधिकारी र सदस्यहरूमा देवीप्रसाद सापकोटा, तिलकप्रसाद सापकोटा, पुरूषोत्तम सापकोटा, भवेश्वर सुवेदी, रूद्रप्रसाद सापकोटा, शक्तिप्रसाद सापकोटा, ज्ञानेन्द्र सापकोटा र विशेष सल्लाहकारहरूमा लक्ष्मीदत्त सापकोटा, केशवप्रसाद सापकोटा, ओमप्रसाद सापकोटा, चन्द्रप्रसाद चापागाई, टीकाराम आचार्य, हरिप्रसाद कंडेल, नारायणदत्त पौडेल। यस समितिले कालिका मन्दिर, कालिका आश्रमको तर्जुमा गरी जि.न.प. मा दर्ता गराएर संस्थालाई वैधानिक मान्यता प्रदान गयो । यस आश्रमको मूलद्वार निर्माण श्रीमती विष्णुमाया वस्नेतले आफ्ना पति स्व. कृष्णबहादुर वस्नेतको स्मृतिमा मिति २०५०/२/३० मा रू. ७,५००/- को लागतमा गरिदिनु भयो । मिति २०५० / ३ / १४ मा बसेको साधारण सभाले देहाय बमोजिम एक कार्यसमिति निर्विरोध चयन गर्यो-

अध्यक्ष नवीनसागर उपाध्याय, उपाध्यक्ष लीलाराम आचार्य, सचिव झलक पौडेल, कोषाध्यक्ष रूद्रप्रसाद सापकोटा, सहसचिव- होमनाथ सुवेदी सदस्यहरूमा देवीप्रसाद सापकोटा, ज्ञानेन्द्र सापकोटा, ऋषिराम सापकोटा, चन्द्रप्रसाद चापागाई र अध्यक्षद्वारा मनोनीत सदस्यहरूमा ओमप्रसाद सापकोटा र पुरूषोत्तम सापकोटा। यस समितिले आश्रम हाताभित्र वृक्षारोपण, मन्दिरमा पुरूषोत्तम माहात्म्य प्रवचन गरिएको थियो भने मुद्दती खाता खोलेको थियो । साथै पाकशाला, यज्ञशाला, शौचालय आदि निर्माण कार्यप्रारम्भ गरेको थियो ।

यस्तै २०५०/११/५ मा जि.वि.स. नवलपरासीबाट खानेपानीका लागि आर्थिक सहयोग प्राप्त भएको थियो । २०५१/८/१७ गतेको निर्णयानुसार गायत्री मन्त्रद्वारा लक्ष हवन, शतचण्डी, रूद्री, वेदपाठ एवं महाभारत शान्तिपर्व पाठ गरी विश्व शान्ति धान्याचल महायज्ञ गरिएको र श्री १००८ स्वामी परमानन्द सरस्वती, श्री १००८ स्वामी डा. रामानन्द गिरिज्यू र अन्य विशिष्ट विद्वानहरूबाट आध्यात्मिक प्रवचन गरिएको थियो । सोही अवसरमा श्री १००८ स्वामी परमानन्दज्यूलाई समाजिक अभिनन्दन गरिएको थियो । सो अभिनन्दन पत्र यसै पत्रिकामा छापिएको छ । धान्याचल यज्ञबाट प्राप्त रकमको | अवशेषबाट दुई कोठे अतिथि निवास निर्माण र रू. १,०१,०००/- को अक्षय कोष स्थापना गरियो । यसरी मिति २०५२/४/२९ को निर्णय अनुसार ब्रह्मरूपा पुस्तकालय मन्दिरसंगै स्थापना गरियो। हाल सो पुस्तकालयमा करीव ८ सय जति पुस्तकहरू रहेका छन् । २०५२ / ६ / २८ को निर्णयानुसार कार्तिक अठारका दिन “मानव जीवनमा अध्यात्मवाद” विषयक विचार गोष्ठी, काव्य पाठ एवं प्रवचन कार्यक्रम सम्पन्न भएको थियो र यस कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मुकुन्दशर ण उपाध्याय हुनुहुन्थ्यो । २०५३ / ११ / १५ गतेको निर्णयानुसार संस्थाको मुख-पत्र निकाल्ने निर्णयानुसार यो आत्मज्योति” यहाँहरू समक्ष प्रस्तुत भएको छ ।

 यसै गरी मिति २०५४/३/२१ गते संस्थाको दोस्रो अधिवेशनले निम्न कार्य समितिको चयन गर्यो-

अध्यक्ष नवीनसागर उपाध्याय, उपाध्यक्ष लीलाराम आचार्य, सचिव झलकराज पौडेल, सहसचिव ज्ञानेन्द्रप्रसाद सापकोटा, कोषाध्यक्ष – रूद्रप्रसाद सापकोटा सदस्यहरूमा चन्द्रप्रसाद चापागाई, ऋषिराम सापकोटा, बालप्रकाश अधिकारी, पुरूषोत्तम सापकोटा रहनु भएको थियो। यसै क्रममा गा.वि.स. वडा नं. ५ बस्ते श्रीमती द्रौपदा उपाध्यायले यस आश्रमको विधान अनुसार दाता सदस्य बन्ने इच्छा प्रकट गर्नुभई रू. १,००,०००/- भन्दा अधिक रकम प्रदान गर्नु भएकोले उहाँलाई “दाता सदस्यता” प्रदान गर्ने निर्णय भई सो रकमबाट दाताकै हातबाट शिलान्यास सम्पन्न भई एक यज्ञशाला निर्माण भएको थियो।

गैँडाकोटको मध्य भागमा वडा नं(८ मा पुजिने देवी कालिका भगवतीका नामले विख्यात छिन् । कालिका मङ्गलकारी मङ्गलादेवी (जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी)हुन ्।उपर्युक्त शब्दव्युत्पत्ति र अर्थका आधारमा कालिका भगवती देवीको महिमालाई यस प्रकार पनि प्रस्ट पार्न सकिन्छ ः
१) कालिका शक्तिमान् ईश्वरकी सर्वश्रेष्ठ महाशक्ति हुन् ।
२) उनी पवित्र तीर्थस्थल देवघाटको नजिक नारायणी नदीको समीपमा विराजमान् छिन् ।
३) दुःख आपत्–विपत् र सङ्कटावस्थामा गुहारेमा वा शरण परेमा उनी हरेक मानवलाई सहयोग गर्दछिन् ।
४) सत्मित्रले आफ्नो मित्रको दुर्गुण पहिल्याई दुःखमोचन गरझैं कालिका हाम्रा काम–क्रोध–लोभ–मोह–मद–मात्सर्य–षड्विकारलाई विनाश गरी दुःखमुक्त गर्छिन् ।
कालिका देवाधिदेव महादेवद्वारा पनि प्रशंसित छन् । तिनमा आफ्ना भक्तहरूलाई असीम आनन्द प्रदान गर्ने शक्ति छ । (डा. गणेशप्रसाद खरालद्वारा लिखित “कालिका–शक्तिः श्रद्धा र भक्ति” नामक लेख रजत स्मारिका २०६२ बाट साभार भरिएको हो । )
विश्वका प्रत्येक कोट र मन्दिरमा खास गरी नेपालका कोटहरूमा स्थापित दुर्गामातालाई मन्दिरमा विधिवत् पूजा गरिन्छ । मन्दिरभित्र र बाहिर परिसरमा समेत गाडिएको ध्वजावेष्टित मौलाको पुजा हुन्छ ्रमौलामा पशुबलि दिनेसमेत प्रथा छ । गैँडाकोट की कालिकाको पूजा गर्ने परम्परा २०३३ साल अघिदेखि चलिआएको हो । यहाँ पूजा गर्ने भक्तजनहरूले आफूले मनले चिताएको कुरा पुगेको, मनमा शान्ति मिलेको र कुलतमा हिडेको मानिसलाई सुमार्गमा हिड्न सहयोग पु¥याएको जस्ता फलप्राप्त भएका छन् भन्ने भनाइ पनि छ । आजभोलि देश तथा विदेशबाट विभिन्न धर्मका धर्मालम्बीहरू साथै अत्यधिक मात्रामा देवीको दर्शन गर्न जाने गर्दछन् । यसको महत्व दिनप्रतिदिन बढ्दै गरको छ ।
कालिकाको चारकिल्ला र भौगोलिक विवरण तथा क्षेत्रफल ः
दक्षिण एसिया अन्तर्गत, नेपाल राज्यको राजधानी, काठमाण्डौंदेखि पश्चिम तथा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको रूपमा परिचित नेपालको मध्येभागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत नवलपरासी९व।सु।पू० जिल्लाको गैँडाकोट नगरपालिका वडा नं(८ मा कालिका मन्दिर अवस्थित छ । प्राकृतिक सुन्दर वातावरणले सिंगारिएको कालिका चोकमा कालिका भगवतीको मन्दिर देशकै केन्द्रविन्दुका रूपमा अवस्थित छ । २७ं २१’ देखि २७ं ४७’ उत्तर अक्षांश तथा ८३ं ३६’ देखि ८४ं २५’ पूर्वी देशान्तरसम्म पर्ने
गैँडाकोट काठमाण्डौ देखि १३९ कि.मि. पश्चिम, चितवनको नारायणगढ बजारबाट करिब ३.५ कि.मि. दूरीमा रहेको छ । पूर्व पश्चिम राजमार्ज गैँडाकोटको बिजय चोक देखि दक्षिण कालिका मन्दिर जानको लागि करिब ८०० मिटरको दूरीमा पर्दछ । सिमानाको हिसाबले पूर्वमा नारायणी नदी एवम् चितवन जिल्लाको भरतपुर महानगरपालिका, पश्चिममा देवचुली नगरपालिका, उत्तरमा कालिगण्डकी एवम् तनहुँ जिल्ला र दक्षिणमा वडा नं(६ एवम् नारायणी नदी र चितवन जिल्लाको भरतपुर नगरपालिका पर्दछन् ।

क्षेत्रफलको हिसावले हेर्दा दक्षिणमा बाटो ्र कालिका नमुना मा।वि। पश्चिम तर्फ बाटो(उत्तर तर्फ गैंडाकोट आयुर्वेद औषधालय पूर्वमा वडा नं(५ को बाटो पर्दछ ्र यसै चारकिल्ला भित्र अन्दाजी१२ रोपनी जग्गामा कालिका मन्दिर कालिका आश्रम अवस्थित छ ्र ।

कालिका मन्दिर को वर्तमान स्थिति

कालिकाको वर्तमान स्थितिलाई विश्लेषण गर्दा उत्साहवर्धक छ भन्नु पर्दछ । यस मन्दिरको क्षेत्र चारैतिरबाट वस्तीसंग जोडिएको छ । कालिका भन्दा बित्तिकै शक्तिसंग सम्बन्धित हुन्छ ्र नवदुर्गा मध्ये महाकाली एक शक्तिशाली देवी हुन् ्र जगत् जननी माताको पीठ स्थापना गरी नित्य पूजा पाठ भई रहेको छ ्र हाल यहाँ कालिका माताको मात्र मन्दिर नभएर सिद्धि विनायक गणेश को मूर्ति मन्दिर स्थापना, शिव मन्दिर, अष्ट चिरञ्जीवी को मुर्ति सहित को मन्दिर, काली गण्डकीबाट ल्याइएको कालो पथ्थरबाट तयार गरिएको १०८ शिवलिङ्ग एकादश महारूद्र, द्वादश ज्योतिर्लिङ्ग, श्री पञ्चमुखी पशुपतिनाथ एकादश महारूद्र, द्वादश ज्योतिर्लिङ्ग, श्री पञ्चमुखी पशुपतिनाथ सहितको स्वस्तिक आकारमास्थापना गरी पुजा आजाका साथै बोलबम मेला लाग्ने गरेको छ ्र यसका साथै माता कालिका को प्राचीन कला र वैदिक विधिअनुसार टुडालहरुमा कलात्मक पूर्णत स् पारम्परिक नेपाली बस्तुशिल्पमा निर्मित भव्य मन्दिर अनुरुप आकर्षक क तरिकाले कुटिएका टुँडालहरुमा एउटा छानामुनि भगवान् बिष्णुका २४ अवतारका मुर्तिहरु अंकित छन् जो विभिन्न समयमा आवस्यकता अनुसार अवतरित भई आसुरी शक्तिको संहार लोक कल्याणमा प्रबृत्त भए, तो हुन् १ सानकारि मुनि २ वराह ३ नारद ४ नर(नारायण ५ कपिल ६दत्तात्रेय ७ यज्ञ ८ ऋषदेव ९ पूथु १० मत्स्य ११ कुर्म १२ धन्वन्तरि १३ मोहिनी १४ सिंह १५ वामन १६ हयग्रीव १७ श्रीहरि १८ परशुराम १९ वेदव्यास २० हंस २१ श्रीराम २२ श्रीकृष्ण १३ बुद्ध २४ कल्कि
त्यस्तै आर्को छानामुनि ब्रम्हा, बिष्णु, महेश्वर देवताहरुको शक्तिले परिपूर्ण षोदश मातृका ९१६ मातृकाहरु० का मुर्तिहरु उत्किर्ण छन् ति हुन्(
१ गौरी २ पदमा ३ सची ४ मेघा ५ सावित्री ६ विजय ७ जया ८ देव्सेना ९ स्वाहा १०स्वधा ११ माता १२ लोकमाता १३ धृति १४ पुष्टी १५ तुष्टि १६ कुलदेवता ्र एक गणेश थपेर १७ संख्यामा पुज्नाले जहर वा मन्दिरको शक्ति संवद्दद्र्न हुन्छ र कल्पित कर्मको सिद्धि हुन्छ ्र मूल टोकामा गणेश अंकित हुनुहुन्छ ्र
यही किसिमले आर्को छानामा टुँडालका रुपमा अष्ट भैरव का मुर्तिहरु छन् जो रुद्रतेजसम्पन्न, रुद्रावतार स्थान संरक्षक काल्मा कारक भनिन्छन ्र नेपालमा विभिन्न ठाउँमा मुख्य देखिन्छन, काशोका कान भैरव त जगतविग्यत छन् ्र ई हुन्(
१ क्रोध भैरव २ कपाल भैरव ३ असितांग भैरव ४ चण्ड भैरव ५ रुरु भैरव ६ संहत भैरव९काल भैरव०
७ अन्यत्त भैरव ८ भोषण भैरव

कालिकाको वर्तमान स्थितिलाई विश्लेषण गर्दा उत्साहवर्धक छ भन्नु पर्दछ । यस मन्दिरको क्षेत्र चारैतिरबाट वस्तीसंग जोडिएको छ । कालिका भन्दा बित्तिकै शक्तिसंग सम्बन्धित हुन्छ ्र नवदुर्गा मध्ये महाकाली एक शक्तिशाली देवी हुन् ्र जगत् जननी माताको पीठ स्थापना गरी नित्य पूजा पाठ भई रहेको छ ्र हाल यहाँ कालिका माताको मात्र मन्दिर नभएर सिद्धि विनायक गणेश को मूर्ति मन्दिर स्थापना, शिव मन्दिर, अष्ट चिरञ्जीवी को मुर्ति सहित को मन्दिर, काली गण्डकीबाट ल्याइएको कालो पथ्थरबाट तयार गरिएको १०८ शिवलिङ्ग एकादश महारूद्र, द्वादश ज्योतिर्लिङ्ग, श्री पञ्चमुखी पशुपतिनाथ एकादश महारूद्र, द्वादश ज्योतिर्लिङ्ग, श्री पञ्चमुखी पशुपतिनाथ सहितको स्वस्तिक आकारमास्थापना गरी पुजा आजाका साथै बोलबम मेला लाग्ने गरेको छ ्र यसका साथै माता कालिका को प्राचीन कला र वैदिक विधिअनुसार टुडालहरुमा कलात्मक पूर्णत स् पारम्परिक नेपाली बस्तुशिल्पमा निर्मित भव्य मन्दिर अनुरुप आकर्षक क तरिकाले कुटिएका टुँडालहरुमा एउटा छानामुनि भगवान् बिष्णुका २४ अवतारका मुर्तिहरु अंकित छन् जो विभिन्न समयमा आवस्यकता अनुसार अवतरित भई आसुरी शक्तिको संहार लोक कल्याणमा प्रबृत्त भए, तो हुन् १ सानकारि मुनि २ वराह ३ नारद ४ नर(नारायण ५ कपिल ६दत्तात्रेय ७ यज्ञ ८ ऋषदेव ९ पूथु १० मत्स्य ११ कुर्म १२ धन्वन्तरि १३ मोहिनी १४ सिंह १५ वामन १६ हयग्रीव १७ श्रीहरि १८ परशुराम १९ वेदव्यास २० हंस २१ श्रीराम २२ श्रीकृष्ण १३ बुद्ध २४ कल्कि
त्यस्तै आर्को छानामुनि ब्रम्हा, बिष्णु, महेश्वर देवताहरुको शक्तिले परिपूर्ण षोदश मातृका ९१६ मातृकाहरु० का मुर्तिहरु उत्किर्ण छन् ति हुन्(
१ गौरी २ पदमा ३ सची ४ मेघा ५ सावित्री ६ विजय ७ जया ८ देव्सेना ९ स्वाहा १०स्वधा ११ माता १२ लोकमाता १३ धृति १४ पुष्टी १५ तुष्टि १६ कुलदेवता ्र एक गणेश थपेर १७ संख्यामा पुज्नाले जहर वा मन्दिरको शक्ति संवद्दद्र्न हुन्छ र कल्पित कर्मको सिद्धि हुन्छ ्र मूल टोकामा गणेश अंकित हुनुहुन्छ ्र
यही किसिमले आर्को छानामा टुँडालका रुपमा अष्ट भैरव का मुर्तिहरु छन् जो रुद्रतेजसम्पन्न, रुद्रावतार स्थान संरक्षक काल्मा कारक भनिन्छन ्र नेपालमा विभिन्न ठाउँमा मुख्य देखिन्छन, काशोका कान भैरव त जगतविग्यत छन् ्र ई हुन्(
१ क्रोध भैरव २ कपाल भैरव ३ असितांग भैरव ४ चण्ड भैरव ५ रुरु भैरव ६ संहत भैरव९काल भैरव०
७ अन्यत्त भैरव ८ भोषण भैरव

यस्तै प्रवेशद्वारका वाहिरी र भित्री भागमा अष्ट चिरञ्जीवी हरुका मुर्तिहरु उत्किर्ण छन् दर्शनार्थीहरुले स्वत स् अनुभव गर्न सक्छन् तिनका नाम हुन्( १ मार्कण्डेय, २ बलि ३ व्यास ४ बिभिशन ५ क्रिपाचार्य ६ द्रोणाचार्य ८ अस्वत्थामा सहितको काष्ठ कला को भव्य दिव्य मन्दिर निर्माण र बिशाल मूर्तिकोस्थापना गरिएको छ ्र सायद यस्तो किसिमको प्राचीन कलात्मक एवम् बैदिक बिधि अनुसार वास्तुले पूर्ण भएको मन्दिर यस भेगमा अत्यन्त अहिले सम्म देखिएको छैन, यहाँको सुन्दरताको लागि ताराखोलाबागलुंगबाट ल्याएर ढुंगा बिछाएको छ ्र मन्दिरमा भक्तपुरे कलात्मक ईट्टा लगाईएको छ ्र समग्रमा भन्नु पर्दा कालिका मन्दिर कालिका आश्रम एक दिव्य धाम को रुपमाबिकसित भएको छ ्र तर पनि यसको जति प्रचार प्रसार हुन पर्ने हो बस्तीको मध्यभागमा हिन्दु धर्मालम्बी हरुको बाहुल्य भएको स्थानमा जति भक्तजनहरु दर्शन गर्न अवलोकन गर्न आउनु पर्ने हो सो भएको पाईदैन ्र अवका दिनमा यसको प्रचार प्रसार देश विदेश मा गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकसित गर्नु पर्ने देखिन्छ ्र

कालिका मन्दिर कालिका आश्रमको बिकासका सम्भावना र चुनौतीहरु

कालिका क्षेत्र विकासको वर्तमान स्थितिलाई नियालेर हेर्दा भावी दिनमा यसको विकासका लागि सम्भावनाहरू धेरै देखिएका छन् । यसका साथसाथै चुनौतिहरु पनि सँगसँगै आउछन् । आधुनिकीकरणसँगै अगाडि बढेको मानव सभ्यता पश्चिमीशैलिले सबैलाई गाजेको छ । हाम्रा सभ्यता र संस्कृतिहरूमा क्रमशः खियालाग्दै गएका छन् । युवा पिडीले पुराना चालचलनहरूलाई छाडेर आधुनिक पश्चिमीशैलिलाई अङ्गाल्न धेरै मनपराउछन् । यस्तो अवस्थामा आध्यात्मिक चिन्तन, चिन्तनद्वारा मानव परोपकार, मानव परोपकारका लागि धार्मिक आस्था जगाउन धेरै कठिन छ । धार्मिक आस्थाविना हाम्रा ऐतिहासिक धरोहर शक्तिपीठहरूलाई जोगाउन अझै कठिन भएको छ । आधुनिक वैज्ञानिक युगमा हाम्रा धार्मिक तथा तीर्थस्थलहरूलाई धार्मिक आस्थाको रूपमा मात्र नभैकन आध्यात्मिक तथा धार्मिक पर्यटकीय स्थलका रूपमा आधुनिक किसिमले विकास गरी लान सकेमामात्र थी पावन स्थलहरूको संरक्षण र सम्बर्धन गर्न सकिन्छ । यद्यपि मानिस अन्ततागत्वा आध्यात्मिक चिन्तन र धार्मिक आस्था राख्छ नै तर पनि पुगिसरी आउँदा र पाखुरामा बल हुँदा ईश्वरको नाम लिन ऊ सजिलै चाहँदैन । यस्तो अवस्थामा हाम्रा धर्मशास्त्रमा उल्लेख गरिएका कुराहरू र शक्तिपीठलाई शक्तिका विभिन्न स्वरुपहरूलाई परिभाषित गरेर बुझाउन त्यति सजिलो छैन त्यसैले आजभोलि धार्मिक मठमन्दिर, देवीदेवताका स्थानहरू र तीर्थस्थलहरूको गरिमा जोगाई लोकप्रिय बनाउनु चुनौतीपूर्ण काम हो । कालिका भगवतीमातालाई पनि आधुनिक रूपमा शक्ति तथा आस्थाको रूपमा जोगाउनु एकपक्षीय दृष्टिकोणबाट मात्र सम्भव छैन । अतःकालिका मन्दिरलाई धार्मिक तथा आध्यात्मिक चिन्तनस्थल, पर्यटकीय, शान्त मनोरम स्थलको रूपमा विकास गर्दै लगेमा मात्र पछिसम्म यसको ख्याति र महत्व रहिरहन्छ । यसका लागि केही सम्भावनाहरू छन् भने केही चुनौतीहरू पनि छन् ।

कालिका क्षेत्र विकासका सम्भावनाहरू

नेपालको मध्यभाग सबैलाई पायक पर्ने स्थानः– कालिका मन्दिर कालिका आश्रम नवलपरासी९व।सु।पु० र चितवनकोमात्र शक्तिपीठ नभैकन देवघाट क्षेत्र पबित्र तीर्थस्थलको समेत नजिक भएकाले सम्भावना बोकेको स्रोत हो । नेपालको भूवनावटका हिसाबले हेर्ने हो भने पनि पूर्व पश्चिमको मध्ये भाग र तराई र पहाडलाई जोड्ने मध्येविन्दु बनेको छ । यातायातको हिसाबले सुलभ सबैतिरबाट पूर्व–पश्चिमका सम्पूर्ण सवारीका साधनहरू यहीबाटो हुँदै राजधानी जान्छन् । विद्युत, खानेपानी, सञ्चार सबैको राम्रो व्यवस्था छ । यसलाई राम्रो संग प्रचार प्रसार गर्न सकेमा देवघाट मौलाकालिका लगायत धार्मिक पर्यटकीय क्षेत्रको जीवन्त मगर बनाई जोड्न सकिन्छ सङ्क्षेपमा भन्नुपर्दा जुनसुकै दृष्टिकोणले हेर्दा पनि कालिका मन्दिर र यसको क्षेत्र सबैलाई पायक पर्ने स्थानमा रहेको छ त्यसैले यसको विकासको सम्भावना राम्रो छ ।

धार्मिक महत्व

कालिका मन्दिर कालिका आश्रमको विकासको सम्भावनाको अर्काेपक्ष भनेको धार्मिक महत्व हो ्र धार्मिक हिसाबले हेर्दा कालिकादेवी शक्ति, सामर्थ, इष्टसिद्धि, विजयशाली, मंगल वा कल्याणकारी, प्रलयकारी, सुख वा कल्याण प्रदायिनी, कपाल र मुण्डधारी, अष्टाङ्योग–कर्म उपासनारुपी, क्लेश वा दुःखले मात्र प्राप्त गर्न सकिने, त्रुटि र अपराध माफगर्न सक्ने सर्वकल्याणकारी, होमादी यज्ञभाग ग्रहण गरेर देवतागणलाई पोषण गर्ने र श्राद्धतर्पण स्वीकार गरी पितृपोषण गर्ने भएकाले यिनी अनेक नामबाट विख्यात छिन् । देवाधिदेवमहादेवले पनि साह्रो–गाह्रो परेको बेलामा पुकार गर्ने र महादेवलाई पनि सहयोग पु¥याउने देवी महाकाली नै भएकाले माता भगवतीको ठूलो धार्मिक महत्व छ । यी सबै कुराको प्रतिनिधित्व गर्ने कालिकादेवीको दर्शन गरेपछि दुःखकष्ट हरण र मनस्कांक्षापुरा हुने धार्मिक कथन रहेकोले पनि कालिकाको महत्वलाई कम आँकलन गर्न सकिदैन ।

जनताको बढ्दो रुचि

कालिकाको नया कलात्म्मक भव्य मूर्ति सहितको मन्दिर स्थापना सँगसँगै यसको महत्व पनि बढेको छ । यस क्षेत्रका मात्र नभै टाढा–टाढाबाट पनि देवीको दर्शन गर्न र रमणीय दृश्य अवलोकन गर्न यहाँ मानिसहरू आउने गर्दछन् । यहाँ देवीको नया मन्दिर गणेश मन्दिर शिवालय, १०८ शिवलिङ्ग, यस क्षेत्रकै पहिलो अष्ट चिरञ्जीवीको मन्दिर बने पछि सबैको आकर्षण बढेको छ ्र दिव्य धाम बनेको छ र हेर्नका लागि मात्र पनि मनिष आउन थालेका छन् जन्मदिनमा अष्ट चिरञ्जीवीको पुजा गर्न आउने मानिस बढेका छन् ।
सम्पर्क र समन्वयको माध्यमबाट एकीकृत धार्मिक पर्यटकीय क्षेत्र विकासको संभावना ः– कालिका क्षेत्रबाट नजिकै रहेको देवघाटधाम, वार्ड नं. ५ मा गणेश मन्दिर, वार्ड नं.६ को नारायणी तटमा राम मन्दिर, वार्ड नं. ६ र ७ को बीचमा ॐ शान्ति ईश्वरीय विश्वविद्यालयको पिसपार्क वार्ड नं. ७ मा हरिहर मन्दिर, वार्ड नं.९ को नारायणीको तट र जङ्गल को फेदीमा हनुमान मन्दिर दर्शन गरी फर्केर आउँदा वार्ड नं. ४ मा शिवालय मन्दिर दर्शन गरी एक फन्कोमार्दा सम्पूर्ण देवीदेवताको दर्शन गरी पुण्य आर्जन गर्न सकिन्छ । यसका अलावा कालिका मन्दिरको पश्चिम उत्तर तर्फ मुकुन्दपुरको डाँडोमा पाल्पाली राजा मणिमुकुन्द सेनका दरवारका भग्नावशेषहरू अद्यावधि देख्न पाइन्छ । डाँडैडाँडाको पैदल यात्रा वा दरवार बाट मौलाकालिका मन्दिर मा पुगिन्छ र त्यस बाट झरेपछि फेदीमा रहेको नरसिंह धाम र श्री कृष्ण मन्दिर सम्म पर्यटकीय मार्गको रूपमा विकास गर्न सकिने सम्भावना छ । यसो गर्न सकेमा यस क्षेत्रको मात्र नभै समग्र क्षेत्रको नै विकास गर्न सकिने सम्भावना छ । यसरी वरिपरिका तीर्थस्थल र पर्यटकीय क्षेत्रसँग सम्पर्क समन्वय गरी एकीकृत धार्मिक पर्यटकीय क्षेत्र विकासको सम्भावना दह्रो छ ।

देवघाट धाम विकास क्षेत्रभित्र समावेश

यस नगरपालिका को मध्य साविक गैंडाकोट गा।वि।स का नौ वटै वडा देवघाट क्षेत्र विकास समितिको कार्यक्षेत्रभित्र पर्दछन् । देवघाटधामलाई नेपाल सरकारले पवित्र तीर्थस्थलका रूपमा विकास गर्नका लागि देवघाट क्षेत्र विकास समिति गठन गरिसकेको छ । सोही अनुसार गुरु योजना तयार गरी विकासका कार्यक्रमहरू क्रमशः अगाडि बढिरहेका छन् । यस हिसाबले हेर्दा देवघाटक्षेत्र विकास समितिले पनि यस क्षेत्रको विकासमा सहयोग पु¥याउने देखिन्छ । प्रचार प्रसारको हिसाबले पनि सजिलो हुनेछ ।

कालिका मन्दिर कालिका आश्रमका बिकासका चुनौतीहरु

जन÷समुदाय परिचालन ः– हालसम्म जतिपनि संरचनाहरू निर्माण भएका छन् त्यसमा धेरैजसो समुदायका मानिसहरु संग चन्दा संकलन गरि ठेक्का प्रथा द्वारा निर्माण कार्य गरिएको छ भने मन्दिरका हरेक गतिविधिमा कार्यसमितिका व्यक्तिहरु खटेको देखिन्छ । यसको विकल्पमा समुदाय परिचालन नै महत्वपूर्ण पाटो हो । अर्काेतर्फ कालिकालाई आर्थिक रूपमा सक्षम बनाईने भन्ने जुन लक्ष्य राखिएको छ यो अनुसार काम गर्न पनि कठिन छ । यसका अलावा युवा शक्तिलाई हिन्दु धर्म प्रति आस्थावान् बनाउन पनि कठिन देखिएको छ ्र प्राय स् युवाहरु भौतिकबादी सुविधाभोगी बनेका छन् ्र धार्मिक संस्कार र नैतिक शिक्षाको कमी देखिन्छ ्र अर्को तर्फ देश भरि नै युवा शक्ति विदेश पलायन हुने प्रवृत्तिले देशनै पुरै वृद्धाश्रम र बालगृह मात्र त हुनेहैन भन्ने अवस्था छ ्र यस्तो परिवेशमा मठ मन्दिरमा जन समुदायको संख्यात्मक रुपमा वृद्धि गर्न कठिन छ ्र यसका विकल्प र सही समाधानको लागि सरकार र सिंगो राष्ट्रले ध्यान दिनु पर्ने देखिन्छ ्र
आर्थिक स्रोतको व्यवस्था ः–कालिकाको मुख्य आर्थिक स्रोत भनेको नै श्रदालु भक्तजनहरूको दान, देवीलाई चढाएको भेटी र चन्दा नै हो । यस बाहेक यसको कुनै नियमित आयस्रोत छैन । गुरु योजनामा प्रस्तावित गरिएका सबै कामहरू सम्पन्न गर्न अरबौं रुपैया लाग्ने देखिन्छ । भक्तजनहरूले संरचनाहरू निर्माण गर्दाखेरि पनि गुरु योजनाको सीमा र संरचनाभित्र रहेर गर्नुपर्ने भएको हुँदा सम्झाई बुझाई मनाउनु पर्ने हुन्छ । दातृसंस्थाहरूको खोजीमा लाग्न त्यति सजिलो छैन । यो क्षेत्र भनेको विशुद्ध हिन्दुधर्मावलम्बीहरूको क्षेत्र हो । धेरै पश्चिमा दाताहरूले यसमा सहयोग गर्न आनाकानी गर्दछन् । नेपाल सरकारले लगानी गर्नपनि यस्ता धेरै क्षेत्र भएको हुँदा विशेष जोड पु¥याएमा मात्र केही सहयोग प्राप्त गर्न सकिन्छ । स्थानीय सरकार र प्रदेश सरकार संग समन्नय गर्न सकेमा केही सहयोग आउन सक्दछ । गुरु योजनाले लक्ष्य लिएको १५ वर्ष भित्रमा सबै आर्थिक स्रोत जुटाई भौतिक, प्राकृतिक, आध्यात्मिक र प्रस्तावित सम्पूर्ण कार्यहरू सम्पन्न गर्न यस संस्थासँग सम्बन्धित सम्पूर्ण पक्ष दिलोज्यानले लागिपरेमा मात्र सम्भव छ ।
धार्मिक, आध्यात्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकास ः– धार्मिक पक्ष एउटा कुरा हो भने आध्यात्मिक चिन्तन अर्काे विषयवस्तु हो । आध्यात्मिक चिन्तनद्वारा आत्म पवित्र बन्दछ । पवित्र आत्मले धार्मिक सोच गर्दछ, धार्मिक सोचले मात्र मानव जातिको कल्याण हुन सक्दछ । यो गहिरो सत्यलाई वर्तमान युवापिडीलाई आत्मसात गराएर त्यस दिशातर्फ उन्मुख गराउन कठिन छ । धर्म भन्दा वित्तिकै कुनै एउटा हिन्दु, बुद्ध, इसाई, इस्लाम आदि सम्प्रदायलाई बुझी एक आपसमा बिरोधाभास र हामी फरक हौँ भन्ने धारणा रहेको छ यो अन्धधर्मभक्ति हो । धर्म सबै प्राणीको कल्याण गर्ने माध्यमको रूपमा विकसित गरी अनेकतामा एकताको मालाउन्दै यसक्षेत्रलाई धार्मिक, आध्यात्मिक चिन्तन तथा अध्ययनथलो बनाउन साँचिकै कठिन छ । साथै यस कालिका मन्दिर कालिका आश्रमलाई दिवा वृद्धाश्रम ९जेष्ठ नागरिक मिलन केन्द्र० को रुपमा बिकाशगरी जेष्ठ नागरिकको मानसिक तथा शारिरिक स्वस्थता कायम गर्ने पनि हाम्रो चुनौती हो ्र ।

कालिका मन्दिर कालिका आश्रम

या देवी सर्वभूतेषु कालीरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

कालिका मन्दिर कालिका आश्रम​

कालिका मन्दिर कालिका आश्रमको बिकासको आवस्यकता

आ–आफ्नो क्षेत्र वरिपरि रहेका प्राचीन एवम् पुरातात्विक महत्वका विषय तथा क्षेत्रहरूको संरक्षण र सम्बर्धन गर्दै प्रचार–प्रसार गर्नु हरेक देशका नागरिकको कर्तव्य हो । कालिका माताको धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण र प्रमुख शक्तिपीठ हुँदाहुँदै पनि कालिकाको जुन रूपमा विकास हुनु पर्ने हो त्यति हुन सकेको छैन । कालिकाको महत्व के–कति छ भन्ने कुरा ऐतिहासिक कथा तथा पुराणहरूले पुष्टि गरिसकेका छन् तसर्थ यस कालिका मन्दिर कालिका आश्रमको समग्र विकास गरी धार्मिक तथा आध्यात्मिक केन्द्र,दिवा वृद्धाश्रम९जेष्ठ नागरिक मिलन केन्द्र० आध्यात्मिक एवम् धार्मिक पुस्तकालय,योग तथा ध्यान केन्द्र आन्तरिक पर्यटकको लागि आकर्षणस्थल, आध्यात्मिक चिन्तनद्वारा सामाजिक परिचालन गरी नमूना गाउँको सृजना गर्न नितान्त जरुरी छ । त्यसैले यसलाई एकीकृत रूपमा धार्मिक तीर्थस्थल, आध्यात्मिक चिन्तनको केन्द्र, रमणीय पर्यटकीय स्थलको रूपमा विकास गर्दै लगी यस क्षेत्रको नै आकर्षण केन्द्र बनाउनु पर्ने आवश्यकता सबैले महसुस गरिएको छ । देशका अन्य भागमा जस्तै यस क्षेत्रमा पनि मानव बसोबासको बढ्दो चाप, सामाजिक विकृति आदि बढ्दै गएको देखिन्छ । यी कुराहरूलाई बेलैमा सम्बोधन गरेर व्यवस्थित किसिमले अगाडि नलाने हो भने अहिले बढिरहेको कालिकाको ख्यातिमा विविधकारणले ह्रास आउन सक्दछ । त्यसैले पर्यटकको बढ्दो क्रमसँगै भित्रने विकृति, विसंगति, वातावरण प्रदूषण आदि कुरालाई बेलैमा सजगभई त्यस्ता विकृतिहरूको रोकथाम गरी वातावरण प्रदूषणलाई रोकथाम गर्दै व्यवस्थित किसिमले संरक्षण र सम्बर्धन गरेर चिरकालसम्म पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न कालिका मन्दिर कालिका आश्रमको विकासको आवश्यकता अपरिहार्य छ । यस क्षेत्रको विकास पछि कालिकाको महिमा अझ बढ्ने छ, देश विदेशमा यसको प्रचार–प्रसार हुनेछ । आध्यात्मिक चिन्तनको विकासद्वारा सामाजिक परिचालन, सामाजिक परिचालनबाट स्वस्थ, सचेत र आस्तिक समाजको निर्माण गरी हरेक पक्षमा आत्मनिर्भर बनाउने हेतुले कालिका मन्दिर कालिका आश्रमको विकासको आवश्यकता महसुस गरिएको हो ।

गुरु योजनाको अवधारणा

पहिला तयार गरिएको गुरु योजनाको समयावाधि सकिएको र सो अनुसार काम पनि हुन नसकेकोले दोस्रो योजना व्यावारिक रुपमा बनाई कार्यन्वयन गर्ने ्र कालिका मन्दिर कालिका आश्रम गैँडाको ट, नवलपरासीले कालिका मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रि जगतमा समेत प्रचार–प्रसारका लागि यस क्षेत्रमा गुरु योजना तयार गरेमामात्र विकास निर्माणका कार्यहरू गर्ने भन्ने अठोटका साथ २०८१ साले गुरु योजना तयारी उप–समिति गठन गरे पश्चात् कालिका क्षेत्रको दीर्घकालीन विकासतर्फ अग्रसर भएको देखिन्छ । यस क्षेत्रको विकास क्रमलाई व्यवस्थित किसिमले अगाडि बढाउन कालिकाको गुरु योजना तयार गर्ने कार्य सुम्पेअनुसार एकीकृत रूपमा कालिका विकासको गुरु योजना प्रारुप तयार गरिएको छ ।
कलिका मन्दिर कालिका आश्रमकोे समुचित र दिगो विकासका लागि विगतमा भए गरेका ऐतिहासिक तथा धार्मिक पूर्वाधारहरू बनावट आदिलाई मध्यनजर राख्दै गुरु योजनाको प्रारुप तयार गरिएको छ । कालिकाको धार्मिक महत्व बढी भएको र कालिका स्वयं एउटा शक्तिपीठ भएकोले कालिका मन्दिर कालिका आश्रम धार्मिक हिसाबले बढी महत्व राख्दछ । यस गुरु योजनामा पनि यस पक्षलाई बढी जोड दिएको छ तापनि अन्य कुराहरूलाई एकीकृत रूपमा लिएर जानु पर्छ भन्ने कुरा बिर्सेको भने छैन । यस गुरु योजनालाई भौतिक निर्माणका क्रियाकलापहरू, संस्थागत विकास, आर्थिक विकास, आध्यात्मिक चिन्तन एवम् ज्ञानको विकास, विस्तार, संरक्षण र सम्बर्धनकासाथै समुदाय, कालिका मन्दिर कालिका आश्रम एवम् अन्य निकायसँग सम्पर्क, समन्वय र सम्बन्ध विस्तार गरी विभिन्न खण्डमा छुट्याई सोही अनुसारका कार्यक्रमहरूको प्रस्ताव गरिएको छ । यस योजनामा कालिका क्षेत्र विकास गर्दा मुख्य मन्दिर परिसर लाई लिइएको छ भने बाहिरी क्षेत्रमा त्यसदेखि वरिपरिका क्षेत्रलाई लिइएको छ । मुख्य क्षेत्रमा धार्मिक तथा आध्यात्मिक चिन्तनका कार्य तथा प्राकृतिक सौन्दर्यता जस्ता क्रियाकलापलाई मात्र प्राथमिकतामा राखिएको छ अन्य काम गर्न उपयुक्त देखिदैन । बाहिरी क्षेत्रमा धार्मिक तथा आध्यात्मिक क्रियाकलापका साथसाथै सोसँग सम्बन्धित अन्य आवश्यक क्रियाकलापहरूलाई समावेश गरी योजनाको भौतिक प्रारुप तयार गरिएकोछ । यस बाहेक योजनाको अवधारणामा वातावरण संरक्षण, आध्यात्मिक चिन्तन र धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने कुरालाई सर्वाधिक प्राथमिकता दिइएको छ ।
कालिका मन्दिरलाई केवल एउटा मन्दिरका रूपमा मात्र विकसित नगरी जेस्ठ नागरिक मिलन केन्द्र,योगशाला, ध्यान केन्द्र, धार्मिक तथा पर्यटकीय क्षेत्र, आध्यात्मिक चिन्तनको अध्ययन केन्द्र, आध्यात्मिक चिन्तनद्वारा सामाजिक परिचालन, सामाजिक परिचालनद्वारा दिगो विकास, दिगो शान्ति र भेदभावरहित आध्यात्मिक समाजको निर्माण गर्ने शङ्खघोषकासाथ यो समिति अगाडि बढिरहेको छ । यो गुरु योजनामा १५ वर्ष भित्रमा निर्माण गरिने भौतिक पूर्वाधार, स्व–आत्मजागरण, आर्थिक तथा सामाजिक विकासका कार्यक्रमहरू तय गरिएका छन् ।
कालिकालाई स्थापना र विकास गर्दै लैजाने यस क्षेत्रका समाजसेवी भवानी शंकर सापकोटा, नारायण दत्त पौडेल लगायतका व्यक्ति बाट २०२९ सालदेखि सुरु भएको देखिन्छ । त्यस पछिका दिनहरूमा त्यस क्षेत्रका वासिन्दाहरूले यसलाई क्रमशः अगाडि बढाउदै लगेको पाइन्छ । कालिका मन्दिर कालिका आश्रम दर्ता पश्चात् २०४९ सालदेखि संस्थागत रूपमा यो कार्य अगाडि बढ्यो । कार्य समितिले नै हाल आएर यसलाई गुरु योजनाको प्रस्तावना तयार गरी अगाडि बढाउने प्रयास गरेको छ । गुरु योजना बनाउनका लागि यस क्षेत्रका विभिन्न व्यक्तित्वहरूले बेलाबेलामा झ्क्झक्याउनु समेत परेको छ । सबैको चासो र चाहना अनुसार हाल यो योजना अगाडि बढी रहेको छ । त्यसैले यो योजनाको अवधारणा ल्याउनमा यस क्षेत्रका सम्पूर्ण कालिका माताका भक्त, शुभचिन्तक एवम् विकासप्रेमीहरूको संयुक्त प्रयास हो भन्नु अतिशयोक्ति नहोला । यो पूरा गर्न पनि सबैको सक्रिय सहयोगको उत्तिकै आवश्यक छ ।

चरणबद्ध विकासको अवधारणा

गुरु योजनामा उल्लेख भएका भौतिक प्राकृतिक सौन्दर्यका कुराहरु,दिव्य बृद्ध आश्रम,पुस्तकालय तथा आध्यात्मिक विकासका योजनाहरू चरणबद्ध रूपमा गर्दै लैजानु पर्ने देखिन्छ । सबै परिकल्पित कार्य एकैसाथ गर्न नसकिने हुँदा पनि प्राथमिकता एवम् आर्थिक क्षमताको आधारमा चरणबद्ध रूपमा गर्नुपर्ने देखिन्छ । कालिकाको गुरु योजना पनि यही अवधारणाअनुरूप योजनाबद्ध रूपमा ३ वटा पञ्चवर्षीय योजनामा विभाजन गरिएको छ । कतिपय कुराहरू १५ वर्षमा पनि पूरा गर्न कठिन छ । तसर्थ यसको समय सिमालाई १५ वर्षमा नै बाधेर हेर्न मिल्दैन । विकास क्रमशः हुँदै जाने कुरा हो सो भन्दा बढी समय लाग्न पनि सक्छ । २५–३० वर्ष लगाएर भएपनि यसलाई पूरा गर्नुपर्ने हुन्छ । त्यसपछि पनि विकास निर्माणका काम समयानुसार चलिनै रहन्छन् । १५ वर्ष भित्रमा पूरा गर्न सकेमा गुरु योजना पूर्ण सफल भएको मानिने छ । यस योजनामा समावेश गरिएका भौतिक पूर्वाधारका कुराहरूको विस्तृत लागत विवरण र नक्साङ्कन गरिएको छ । क्षेत्र र स्थान केही हदसम्म तोकिएको छ । पूर्वाधार निर्माण गर्नु भन्दा अगाडि नक्सा तयार गरी कार्यसमितिले पास गरेपछि मात्र कार्यान्वयन गरिनेछ । कार्यसमितिले नक्सापास गर्दा गुरु योजनाको मर्म र मार्गनिर्देशिकालाई आधार मानेर मात्र गर्नुपर्ने हुन्छ ।

गुरु योजना तयारीका प्रक्रियागत चरणहरू

प्रथम भेलाको आयोजना ः
गुरु योजना तयारीका चरणहरू सर्वप्रथम यस कालिका मन्दिर कालिका आश्रमको कार्य समिति ले हाल भएको गुरुयोजना लाई पुनर्लेखन गर्ने र अर्कीटेकको खोजि गरि नक्सांकन पश्चात मात्र कुनै पनि संरचनाहरु बनाउने वा सौन्दरिकरण गर्ने सोच ल्याए पश्चात मिति २०८०साल ११ महिना १३ गते बसेको कार्य समितिको कार्यसमितिको बैठकले गुरु योजना पुनर्लेखन गरी नक्सांकन गर्ने निर्णय गरिएको । सो समितिले गुरु योजना तयारीका लागि सामाजिक कार्यका लागि सल्लाहकार सदस्य श्री इन्द्र राज ज्योति पौडेल र नक्सांकन सहितको डीजाईनका लागि अर्किटेकट ई। स्वस्तिका पौडेललाई जिम्मा दियिएको थियो । तत् पश्चात् यस कालिकाको परिकल्पना, लक्ष्य, उद्देश्य तयार गर्न मिति २०८० साल १२ महिना २५ गतेका दिन यस गैंडाकोट नगरपालिकाका नगर प्रमुख,यस वडा नं(८ का वडा अध्यक्ष गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान का उपकुलपति लगायत यस क्षेत्रका धार्मिक जन, बुद्धिजीवी, समाजसेवी,यस संस्थाका सल्लाहकार व्यक्तित्व ज्यु हरु, सामाजिक संघ संस्थाका प्रतिनिधि र कार्यसमिति, लेखा तथा सुपरिबेक्षण समिति, सत्संग उप(समिति यस संस्थाका आजीवन सदस्य हरूको भेला आयोजना गरियो । भेलामा व्यापक छलफल गरी के–कस्ता भौतिक संरचनाहरू राख्ने, लक्ष्य, परिकल्पना कस्तो बनाउने भन्ने विषयमा सुझाउ सङ्कलन गरियो । सोही भेलाले दिएको दिशानिर्देशअनुसार गुरु योजनामा विविध पक्षहरूलाई समेटेर दस्तावेज तयार गरिएको छ । उक्त भेलामा तपसिल बमोजिम को भेला रहेको थियो ्र
उपस्थिति(
अध्यक्ष श्री पिताम्बर सापकोटा
उपाध्यक्ष श्री पशुपति सापकोटा
सचिव श्री दया सागर सुबेदी
कोषाध्यक्ष श्री लक्ष्मी प्रसाद कंडेल
सह(सचिव श्री गीता न्युरे सापकोटा
सदस्य श्री खगेश्वेर गौडेल
सदस्य श्री ओम प्रसाद शर्मा पौडेल
सदस्य श्री लक्ष्मी सुबेदी
सदस्य श्री तिला देवी सापकोटा रेग्मी
सदस्य श्री बिष्णु प्रसाद चापागाई
सदस्य श्री मंदोधरी सापकोटा सुबेदी
लेखा तथा सुपरिवेक्षक समिति
संयोजक श्री खुमनाथ पौडेल
सदस्य श्री शशिधर न्यौपाने
सदस्य श्री हेमा काफ्ले
सल्लाहकार समिति
संयोजक श्री मदन भक्त अधिकारी
सदस्य श्री ओम प्रसाद सापकोटा
सदस्य श्री डा। नारायण प्रसाद गौतम
सदस्य श्री इन्द्र राज ज्योति पौडेल
सदस्य श्री धन प्रसाद सापकोटा
बिशेष उपस्थिति
श्री प्रेम सापकोटा वडा नं(८ अध्यक्ष, गैंडाकोट नगरपालिका
श्री गोविन्द राज विनोदी, उपकुलपति, गैंडाकोट प्रज्ञा प्रतिष्ठान
श्री भिम प्रसाद सुबेदी,सदस्य सचिव,गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान
श्री माधव पौडेल,कार्यकारी अधिकृत, बिकु बचत तथा सहकारी ।सं ।लि
श्री खेम राज सापकोटा, सहकारी अभियान्ता
श्री गंगाधर सापकोटा, अध्यक्ष, कालिका माध्यामिक बिद्यालय
श्री भविश्वर चालिसे,सत्संग उप(समिति संयोजक,श्री कालिका मन्दिर कालिका आश्रम
श्री कृष्ण प्रसाद पौडेल,सत्संग उप(समिति उप(संयोजक, श्री कालिका मन्दिर कालिका आश्रम
श्री श्री प्रसाद घिमिरे, सत्संग उप(समिति सदस्य, श्री कालिका मन्दिर कालिका आश्रम
श्री राम हरि अर्याल, सत्संग उप(समिति सदस्य , श्री कालिका मन्दिर कालिका आश्रम
श्री दुर्गा शर्मा, सचिव, कालिका टोल बिकाश संस्था
श्री प्रेम प्रसाद सापकोटा,सदस्य, कालिका टोल बिकाश संस्था

स्थलगत अध्ययन अवलोकन

भेलाले दिएको मार्ग निर्देशन अनुसार विभिन्न क्षेत्र कायम गरी निर्माण गुर्नपर्ने भौतिक संरचनाहरू, ध्यान तथा सत्संग भवन क्षेत्र आदि विषयहरूलाई भू–वनावट र व्यवस्थापकीय हिसाबले कहाँ र कसरी स्थापना गर्दा व्यावारिक र प्राकृतिक सौन्दर्यतालार्ई खलल नपुग्ने, निर्माण गर्न सजिलो र सिलसिला पनि मिल्ने हिसाबले, विषयगत दक्ष जनशक्ति र गुरु योजना तयार गर्न जिम्मेवारी दिएका यस कालिका मन्दिर कालिका आश्रमका अल्लाहाकर सदस्य श्री इन्द्र राज ज्योति पौडेल र आर्कीटेक इ। श्री स्वस्तिका पौडेल सहितको टोलीले स्थलगत अध्ययन गरी प्रारम्भिक अवधारणा निर्माण ग¥यो ।

गुरु योजनाको अन्तिम रूप

माथिका कार्यहरू सम्पन्न भएपश्चात् समग्र दस्तावेज तयार गर्न समाजसेवी इन्द्र राज ज्योति पौडेल र आर्कीटेक इ। स्वस्तिका पौडेल र अन्य द्वारा तयार गरियो । सो पाण्डुलिपिलाई कार्य समितिमा लगेर प्राविधिक तथा दस्तावेजका अन्य पक्षहरू माथि छलफल गरियो ।कार्य समितिले दिएको पृष्ठपोषणको आधारमा दस्तावेज परिमार्जन गर्ने र सोही अनुसार प्राविधिक नक्साङ्कनमा सुधार गर्ने कुरा गरी समिति कालिका मन्दिरको सल्लाहकार समिति र कार्य समितिमा पेश गरी छलफल भयो । कार्यसमितिले छलफल र सुझाब सहित प्रस्ताव पास गरी अनुमोदनका लागि साधारण सभामा प्रस्तुत गरेर साधारण सभाको निर्णय अनुसार यसलाई कार्यान्वन गर्ने तयारीमा राखिएको छ ।

गुरु योजना कार्यान्वयन र संशोधन

कार्यान्वयनको कुरा गर्दा यस योजनालाई कार्यसमितिले वर्तमान आवश्यकता, क्षमता र दाताहरूको रुचि अनुसार ३ वटा पञ्चवर्षीय योजनामा कार्यक्रमहरूलाई बाडफाँड गरिनेछ । प्रथम पञ्चवर्षमा गरिने योजनाहरू तत्काल गर्न सकिने, दाताहरूले आश्वासन दिएका र अति आवश्यक भएका कार्यहरूलाई राखिने छ ्र क्रमशस् प्राथमिकताको आधारमा दोस्रो, तेस्रो पञ्चवर्षमा कार्यक्रमहरू विभाजन गरिनेछ । हरेक पञ्चवर्षीय योजनालाई बार्षिक योजनामा परिणत गरी पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ वर्षमा लगिनेछ । बीचमा मध्यावधि मूल्याङ्कन र बार्षिक मूल्याङ्कन गरिनेछ । पहिलो बर्षमा तोकिएका कार्यक्रमहरू पूरा गर्न नसकिएमा तोस्रो÷तेस्रो वर्षमा लगेर पूरा गरिनेछ भने तोकिएका कार्यक्रमहरू सम्पन्न गरी अन्य थप गर्नुपर्ने भएमा दोस्रो वर्षका योजनाहरूलाई ल्याएर पूरा गरिनेछ । हरेक वर्षको समीक्षा, मूल्याङ्कन गरी कार्यक्रमलाई परिमार्जन र पूर्ण गरिनेछ । अनुगमन समितिले नियमित रूपमा अनुगमन गरी आवश्यक सरसल्लाह दिनेछ भने गुरु योजना कार्यान्वयनका लागि कार्यसमिति ले नै कार्य अगाडि बढाउने प्रस्ताव गरिएको छ । प्राविधिक कुराका लागि गुरु योजनामा नै प्राविधिक व्यक्तिहरू समावेश गर्ने प्रस्ताव राखिए तापनि हरेक संरचनाहरूको डिजाइन, इष्टिमेट र नियमित रेखदेख गर्नुपर्ने भएको हुनाले निर्माणको क्रममा १ जना दक्ष प्राविधिकलाई प्राविधिक सल्लाहकारका रूपमा मनोनयन गरी राख्ने प्रस्ताव गरिन्छ । संरचनाको निर्माण अनुसार आवश्यक पारिश्रमिक प्रतिशतको आधारमा तोकेर दिने व्यवस्थ मिलाइने छ । वातावरण संरक्षण गरी प्राकृतिक वातावरणलाई खलल पु¥याउन निषेध गरिएको छ । निर्माण कार्यहरू गर्दा वातावरणीय सहयोगी प्रविधि ९भ्लखष्चयलmभलतब िँचष्भलमथि बउउचयबअज० आर्थिक हिसाब किताबबाट कम खर्चिलो विधि अवलम्बन गरिनेछ ।

कालिका मन्दिर कालिका आश्रमको विकासको परिकल्पना, लक्ष्य, उद्देश्यहरू

परिकल्पना ९ख्ष्कष्यल०
आध्यात्मिक एवं धार्मिक संरक्षणको धरोहर सुन्दरताले भरिपुर्ण स्वर्ग तुल्य कालिका मन्दिर कालिका आश्रम

ध्येय ९ःष्ककष्यल०
नैतिक आध्यात्मिक सांस्कृतिक सांगीतिक जीवनउपयोगी योग तथा ध्यानद्धारा मानवीय मूल्य मान्यताको व्यावहारिक प्रयोगको लागि भौतिक पूर्वाधार आराध्यदेवी कालिका माताको सम्पूर्ण अंग सहितको भौतिक संरचना, शान्त दिवा बृद्धाआश्रम सहितको कालिका मन्दिर कालिका आश्रमका लागि निरन्तर लागि पर्ने ।
लक्ष्य ९न्यब०ि
१. वैदिक सनातन हिन्दु धर्मशास्त्र अनुसार माता क।लिक।को सम्पूर्ण अंग, अष्टोत्तरशत ९१०८० शिवलिङ्ग, एकादश महारूद्र, द्वादश ज्योतिर्लिङ्ग, श्री पञ्चमुखी पशुपतिनाथ, शिवमूर्ति, गणेश मन्दिर र अष्ट चिरञ्जीवी को मन्दिर परिवारको दिव्य मूर्तिहरुको नित्यपूजापाठ गर्ने गराउने ।
२. वैदिक सनातन हिन्दु धर्मशास्त्र अनुसार कालिका मन्दिरका साथै सुविधा सम्पन्न आश्रमको रुपमा विकसित गर्ने तथा स्थापित गराउने ।
३. योग ध्यान तथा सत्सङ्गलाई मानव जीवनमा दैनिक जीवन पद्धतिको रुपमा विकास गर्ने ।
४.समयानुकूल सुबिधा सम्पन्न दिवा आश्रम (जेष्ठ मिलन) स्थलको रुपमा स्थापित गराउने ।
५. कालिका मन्दिर कालिका आश्रमलाई आकर्षक वाटिका र भौतिक संरचनाको निमार्ण गरी आध्यात्मिक एवं धार्मिक धरोहरका साथै दिव्य शान्ति धामको रुपमा स्थापितगराउने ।
६. दिगो आर्थिक स्रोतको खोजी गरी दैनिक पूजापाठका साथै नित्य कर्म गर्नका लागि आफ्नै स्रोतको प्रयोग गर्न सक्ने गरी मन्दिरलाई आर्थिक रुपमा सक्षम बनाउने ।
७. सुविधा सम्पन्न धार्मिक, आध्यात्मिक पुस्तकालय सञ्चालन गर्ने ।
८. कार्यालय व्यवस्थापनलाई चुस्त दुरुस्त र व्यवस्थित गराउने।
४. आश्रम परिसरमा बृद्धाश्रम निमार्ण गरी जेष्ठ नागरिकहरुको जीवन सुरक्षित बनाउन मन्दिर परिसर शान्त, स्वच्छ वातावरण, वाटिका हरियाली युक्त विरुवा, फूल,दुवो, जडीबुटी, स्वच्छ पानी र दृृृृृृृृृृृृृृयावलोकन, पानीको फोहरा पोखरी र पार्क सौन्दर्यकरण गर्ने ।
५. नेपालीपनका पुराना वस्तुहरुको र वैदिक हिन्दु संस्कृति झल्कने लोपोन्मुख सामग्रीहरुको संकलन गरी संरक्षण गर्न तद्अनुसारका भवन निमार्ण गरी व्यवस्थित संग्राहलय सञ्चालन गर्ने ।
६. स्वास्थ्य, योग, संगीत, कर्मकाण्ड, प्राबिधिक, बाद्यवादन मध्येमा प्रचलनमा आएका मादल, खैजेरी, मुजुरा, हार्मोनियम, मुरली, सितार, वीणा र खाल बाद्यमा ढोल, तवला आदिको ज्ञान गराउने आधारभूत सांगीतिक तालिम सञ्चालन गर्ने ।
७. नियमित योगाभ्यास, सत्सङ्ग, भक्तिसंगीत, भजन, किर्तन, पाठपारायण कथाप्रबचनको व्यवस्था मिलाउने ।
८. आध्यात्मिक चिन्तन विकासमा टेवा पु¥याउने विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जस्तै नैतिक ज्ञानबद्र्धक कविता, प्रबचन, बालकथा, अन्ताक्षरी, दोहोरी, खेलकूद, भजनकीर्तन प्रतियोगिता आदि
९. हिन्दु धर्मालम्बीहरुले मनाउदै आएका चाडपर्वहरु, सामाजिक संस्कारहरु, तिथिमिति तथा बार समेतको महत्व, उपादेयता बारेमा सम्बन्धित बिषय विज्ञहरु द्धारा वास्तविकता समुदायमा सचेतना फैलाई धार्मिक जागरण ल्याउने ।
१०. समयामुकूल कार्यसमितिको सक्रियता, कार्यालय व्यवस्थापन, नित्यपूजापाठ, भौतिक संरचनाहरुको मर्मत सम्भार र लेखा प्रणाली युगअनुकूल परिमार्जन गर्दै जाने ।

११। कालिका मन्दीर कालिका आश्रमकोे पर्याप्त भौतिक पूर्वाधारको विकास गरी एक आध्यात्मिक,दिवा आश्रम धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने ।
१२।हिन्दुधर्मको आस्थाको केन्द्र र हिन्दु धर्मको प्रचार प्रसार गरी मानिसमा आध्यात्मिक आत्मजागरण गराउने ।
१३। कालिका मन्दिरलार्ई आर्थिक रूपमा सक्षम बनाई आध्यात्मिक चिन्तनद्वारा सामाजिक परिचालन, सामाजिक परिचालनद्वारा सभ्य समाज निर्माणमा योगदान पु¥याउने ।
१४। विभिन्न प्रकारका धार्मिक तथा सामाजिक अनुसन्धान र सामाजिक सभ्यता एवम् संस्कृतिको प्रबर्धन र संरक्षण गर्ने ।
१५। समितिको संस्थागत विकास गर्ने ।
१६। कालिका मन्दिरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसार गर्ने ।
१७। समुदायसँग सम्पर्क समन्वय गरी आध्यात्मिक चिन्तनद्वारा सामाजिक परिचालन गरी नमूना धार्मिक क्षेत्रको रूपमा विकास गर्ने ।
१८। वातावरण संरक्षण, भौतिक पूर्वाधार विकास गर्दै व्यवस्थित कालिका मन्दिर कालिका आश्रम ९ दिव्य धाम ०को रूपमा स्थापित गर्न आवश्यक कार्यहरू सञ्चालन गर्ने ।
१९। कालिका मन्दिरको विकास सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरू गर्ने गराउने ।

गुरुयोजनाले लिएका १५ वर्ष भित्र पुरा गर्ने लक्ष्य

१.वैदिक सनातन हिन्दु धर्मशास्त्र अनुसार मत भगवतीको सम्पूर्ण अंग एवं परिवारको दिव्य मुर्तिहरुको स्थापना भई सकेको हुदा नित्र पूजा पाठ अझै व्यवस्थित र विधिसम्मत गराउने ।

श्र मूल पुजारी सहायक पुजारी ले सम्पूर्ण देवी देवताको नित्य पूजा श्रद्धा र
भक्ति पुर्वक सम्पन्न गर्ने ्र
श्र श्रावण महिनामा बोल बम धामका रुपमा सभ्य र भव्य रुपमा कार्यक्रम गर्ने ्र
श्र चैत्र अष्टमी मा पर्व बिशेष कार्यक्रम व्यवस्थित रुपमा सन्चालन गर्ने ्र
श्र हप्तामा एक पटक महाआरति संचालन गर्ने ्र
श्र अन्य हिन्दु धर्म अनुसारका धार्मिक चाडबाडका कार्यक्रमहरु नियमित रुपमा सन्चालन गर्ने ्र

२. वैदिक सनातन हिन्दु धर्मशास्त्र अनुसार कालिका मन्दिरका साथै सुविधा सम्पन्न आश्रमको रुपमा विकसित गर्ने तथा स्थापित गराउने ।

श्र मूल पुजारी, सहायक पुजारी अवश्यकता अनुसार बस्ने व्यवस्था गर्ने ्र
श्र आश्रम र पुस्तकालयको समन्वय गरी सन्चालन गर्ने ्र
श्र संस्कृत पढ्न इच्छा भयका बालबालिकाहरुलाई दिवा आश्रम कार्यक्रम सहभागी गराउने ्र
श्र आश्रम का लागि भवन माथि तला भर्ने ्र
श्र दिवा आश्रम सन्चालन गर्नका लागि आचार संहिता तयार गर्ने ्र
श्र आश्रममा संचालनका लागि उपसमिति गठन गरी संचालनको जिम्मेवारी दिने ्र

३. योग ध्यान तथा सत्सङ्गलाई मानव जीवनमा दैनिक जीवन पद्धतीको रुपमा विकास गर्ने ।

श्र सप्ताहिक सत्संग तथा एकादशी माहात्मय कार्यक्रमलाई निरन्तरता दिने र कार्यक्रमहरु सु व्यवस्थित गर्ने ्र
श्र नियमित भजन किर्तन गर्ने ्र
श्र पर्व बिशेष कार्यक्रम अनुसार भजन किर्तन कार्यक्रम लाई सव्य र भव्य सु सन्चालन गर्ने ्र
श्र आजीवन सदस्यहरु धार्मिक संगीत प्रति रुची राख्ने धर्म प्रेमी व्यक्ति तथा आजीवन सदस्यहरुलाई अवश्यक अनुसार बाध्य बाधनको तालिम व्यवस्था गर्ने ्र
श्र धार्मिक तथा आध्यात्मिकता संग सम्बन्धीत भजन बक्तित्वकला जस्ता कार्यक्रमको आयोजना गराउने ्र
श्र अन्य मठ मन्दिर ले आयोजना गरेको कार्य मा निरन्त्रर रुपमा सहभागिता जनाउने ्र
श्र बाल बालिका युवा लक्षित कार्यक्रम र चेतनामूलक कार्यक्रम गराउने ्र
श्र नियमित योग ध्यान कार्यक्रम सन्चालन गर्ने वाताबरण तयार गरी कार्य थालनी गर्ने ्र

४.समयानुकूल सुबिधा सम्पन्न दिवा आश्रम (जेष्ठ नागरिक मिलन केन्द्र)को रुपमा स्थापित गराउने ।

श्र दिवा बृद्ध आश्रम मा९जेस्ठ नागरिक मिलन केन्द्र० सन्चालन गर्ने ्र
श्र जेष्ठ नागरिक मिलन केन्द्र सन्चालन का लागि बनेको भवनलाई ब्यबस्थापन गर्ने ्र
श्र जेष्ठ नागरिकहरुलाई घरबाट ल्याउने लैजाने व्यवस्था गर्ने ्र
श्र भजन, कीर्तन मनोरन्जन हुने कार्यक्रम हरु गर्ने ्र
श्र जेष्ठ नागरिकहरु लाई खाजा, फलफुल र चिया दिवा खाजा को व्यवस्था गर्ने ्र
श्र दैनिक या साप्ताहिक रुपमा स्वास्थ्य परीक्षण गर्ने ्र
श्र सामान्य रुपमा शारीरिक रुपमा ब्यायामहरु गराउने ्र
श्र दिवा आश्रम कार्यक्रममा आफ्ना परिवारहरु संग फोन,इन्टरनेट मार्फत बोल्ने कुराकानी हरु आदान प्रदान गर्ने खालको ब्यबस्थापन गर्ने ्र
श्र जेष्ठ नागरिकहरुलाई सहयोगीका रुपमा कर्मचारी को ब्यबस्थापन गर्ने ्र
श्र दिवा आश्रम को कार्यक्रम का लागि उपकरण हरुको ब्यबस्थापन गर्ने ्र
श्र दिवा आश्रम ९जेस्ठ नागरिक० का लागि आराम गर्ने अबस्यकता अनुसारको बेड हरुको ब्यबस्थापन गर्ने ्र
श्र दिवा आश्रम सञ्चालनका लागि उपसमिति गठन गर्ने ्र
श्र जेष्ठ नागरिकहरु लाई बेला बेलामा अन्य धार्मिक स्थल हरुको अवलोकन गराउने ्र

५. कालिका मन्दिर कालिका आश्रमलाई आकर्षक वाटिका र भौतिक संरचनाको निमार्ण गरी आध्यमत्मिक एवं धार्मिक धरोहरका साथै दिव्य शान्ति धामको रुपमा स्थापितगराउने ।

श्र कालिका मन्दिर कालिका आश्रम भित्रको पर्खाल लाई व्यवस्थित गर्ने ्र
श्र प्रवेश द्वार लाई व्यवस्थित गर्ने ्र
श्र पुजारी, चौकीदार लाई बस्ने भवन निर्माण गर्ने ्र
श्र भान्साघर निर्माण गर्ने ्र
श्र खाली जमिनमा बिज्ञ द्वारा बस्तुशास्त्र र धर्म शास्त्र अनुसार योजना निर्माण गर्ने ्र
श्र मन्दिरको परिसर भित्र पदमार्ग९६ फुटको० निर्माण गर्ने ्र
श्र मन्दिर वरपर निरन्तर रुपमा सरसफाई गर्ने ्र
श्र शिवालय मा नयाँ शिव मूर्तिको स्थापना गरी प्राण प्रतिष्ठान गर्ने ्र
श्र १०८ शिवलिङ्ग का मूर्तिमाथि छानो बनाउने ्र
श्र कालिका मन्दिर कालिका आश्रम वरपर सौन्दर्यकरण गराउने आकर्षक बाटिकाको निर्माण गर्ने ्र
श्र बृद्ध हरुलाई हिड्ने बाटो आकष्र्।ण रुपमा बनाउने ्र
श्र बल बालिका युवा का लागि आकष्र्।ण, मनोरम बगैचा बनाउने ्र
श्र अपाङ्ग मैत्री व्यवस्थित शौचालय निर्माण गर्ने ्र

६ ब्रह्मरुपा पुस्तकालय
श्र पुस्तकालय लाई ब्यबस्थापन गर्ने ्र
श्र पुस्तकालय सन्चालन गर्न उपसमिति गठन गर्ने ्र
श्र भइरहेको पुस्तकालय लाई धार्मिक पुस्तकहरु थप्ने ्र
श्र इ लाईब्रेरी सन्चालन गर्न चाहिने उपकण हरु जडान गर्ने ्र
श्र पुस्तकालयलाई आधुनिकरण गरी युवाहरुलाई समेत आकर्षण गर्ने ्र
श्र पुस्तकालय लाई अश्रमसंग समन्वय गरी व्यवस्थित किसिमले सञ्चालन गर्ने ्र

७ आर्थिक स्रोत
श्र अक्षय कोष लाई वृद्धि गरी कम्तिमा एक करोड पुर्याउने ्र
श्र गुरुयोजना अनुसार दैनिक आमदानीका लागि कम्तिमा ८र१० वटा सटर बनाउने ्र
श्र कालिका मन्दिर मा दर्शन गर्न आउने क्रममा चाईने फूलमाला, ज्योति, पुजा सामग्री कालिका मन्दिर को चित्रण सहितक समग्रिहरु व्यवस्थागरी कोशेली घर सन्चालन गरी बिक्री वितरणको व्यवस्था मिलाउने ्र
श्र चन्दा दाता हरुको खोजी गरी आर्थिक संकलन गर्ने ्र
श्र भक्तजनको प्रभाब बडाउने कार्यका लागि वेबसाइट, सामाजिक सन्जाल को ब्यबस्थापन गर्ने ्र

८ कार्यालय ब्यबस्थापन
श्र कार्यालय सचिव, ब्यबस्थापन सहित अन्य आबस्यक कर्मचारी ब्यबस्थापन गर्ने ्र
श्र सुरक्षागार्ड को ब्यबस्था गर्ने ्र
श्र सरसफाई गर्ने व्यक्ति राख्ने ्र
श्र संस्थापक देखि सामाजिक व्यक्तिहरुको अभिलेखन राख्ने, शिलालेखीकरण गर्ने९चन्दादाता हरुको० ्र
श्र बिधान संम्शोधन गर्ने ्र
श्र आर्थिक, प्रशासनिकसाथै आवस्यक नियमावली बनाउने, आचार संहिता तयार गरि लागु गर्ने ्र
श्र मन्दिर को बाहिरी भाग लाई आकष्र्।ण बनाउने ्र
श्र संस्थामा चाहिने आवश्यक उपकरण कम्प्युटर, फर्निचर ब्यबस्थापन गर्ने ्र
श्र वेबसाइट, सामाजिक सन्जाल मार्फत मन्दिर को प्रचार प्रसार गर्ने ्र
श्र विदेशमा रहेका नेपालीहरु मा पनि मन्दिरको बारेमा प्रचार प्रसार गर्ने ्र
श्र समय समयमा धार्मिक बुलेटिन पत्रिका तथा स्मारिका प्रकाशन गर्ने्र
श्र आजीवन सदस्य अद्याबधिक गरी आबस्यकता अनुसार थप गर्ने ्र

 

६. एकीकृत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास ः कालिका मन्दिर कालिका आश्रम साविक गैंडाकोट को मध्य भागमा अवस्थित रहेको छ र यस भव्य कलात्मक मन्दिर र यस परिषर भित गरिएको सौन्दरिकरणले यसको भबिष्य उज्वल देखिन्छ भविष्यमा धार्मिक पर्यटन र समग्र गैंडाकोटको बिकासका हिसाबले यस क्षेत्रमा रहेका विभिन्न तीर्थ तथा धार्मिक क्षेत्रहरूको अवलोकन गर्ने गरी धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न देवघाट क्षेत्र विकास समिति र गैँडाकोटमा रहेका विभिन्न मठ–मन्दिरहरूसँग सम्पर्क समन्वय गरी कार्यप्रक्रिया अगाडि बढाइने छ । मौलाकालिकाको डाँडाको चुचुरै चुचुरोबाट मणिमुकुन्द सेन राजाको प्राचीन ऐतिहासिक दरवार स्थल मुकुन्दपुर गाविसको क्षेत्र, हनुमान मन्दिर वार्ड नं. ९, हरिहर मन्दिर वार्ड नं. ७, पिसपार्क ॐ शान्ति भवन वार्ड नं. ६, सीताराम मन्दिर वार्ड नं. ६, गणेश मन्दिर वार्ड नं. ५, कोटेश्वर महादेव मन्दिर वार्ड नं. ४, गोपेश्वर महादेव मन्दिर वार्ड नं. २, वेदबिद्याश्रम मन्दिर वार्ड नं. १, राधाकृष्ण मन्दिर वार्ड नं. १, दिव्य नृसिंहधाम वार्ड नं. १ र सप्तर्षि तथा भारद्वाजलाई समावेश गरिनेछ । यी मन्दिरहरू धार्मिक दृष्टिकोणले पवित्र तीर्थस्थल, शक्तिपीठ एवम् पर्यटकीय हिसाबले आकर्षक र मनोरम छन् । यसो गर्न सकेमा समग्र गैँडाकोट क्षेत्रको नै विकास हुने देखिन्छ ।

७.वातावरणीय असर र यसका न्यूनीकरणका उपायहरू ः

कलिका मन्दिरका सवै कार्यक्रम र भौतिक निर्माण कार्यलाई दीर्घकालीन रूपमा विकास गर्दै लैजाने र यहाँको वातावरणमा समेत प्रतिकूल असर नपर्ने गरी हरेक कार्यक्रमहरू सञ्चालन गर्न प्रस्ताव गरिएको छ । हाल भइरहेको वातावरणीय प्रतिकूल असरलाई समेत घटाउँदै लैजानु पर्ने देखिन्छ । यसका लागि छुट्टै योजना बनाएर सञ्चालन गर्नु वाञ्छनीय देखिन्छ ।
हाल नेपालमा भइरहेको वातावरणीय प्रदूषणमा सबैभन्दा बढी प्रदूषण हावा प्रदूषण ९ब्ष्च एयििगतष्यल० भएको पाइन्छ । यसको मूलकारणमा यहाँ चल्ने सवारीका साधनहरू धेरै पुराना हुनु र पेट्रोलियम पदार्थमा मिसावट हुनुले पनि हो । यसका अलावा प्राकृतिक वन जङ्गल को विनाश, नदीहरूमा सिधै ढल तथा फोहरहरू फ्याक्नु आदिकारणहरू पनि मुख्य रूपमा देखिन्छन् । प्राकृतिक वन विनाशको कारणले गर्दा जङ्गली जनावर, चराचुरुङ्गी आदिले आफ्नो बासस्थान छाडेर अन्यत्र जाने गरेका छन् भने कतिपय लोप हुँदै गएका छन् । बाढी, पहिरोले भूक्षय हुन गै मानव वस्तीलाई नै जोखिममा पारेका छन् । यस क्षेत्रमा अन्यत्रको तुलनामा त्यतिधेरै वातावरणीय असर परेको नदेखिएता पर्नि यस क्षेत्रलाई स्वच्छ हराभरा र वातावरणीय प्रदूषणबाट मुक्त गराई प्राकृतिक रूपमा नै मनरोम स्थलको रूपमा विकास गर्न केही कदमहरू यस योजना सँगसँगै चाल्नु पर्ने देखिन्छ । वातावरण संरक्षणको निम्ति आवश्यक नीति नियम बनाई कार्यान्वयन गर्ने, हरेकलाई पालना गर्न लगाउने, पालना नगर्ने व्यक्ति तथा संस्थाहरूलाई नियमानुसार आवश्यक कार्यवाही गर्न समेत पछि पर्न हुँदैन । त्यसो गर्न सकेमा मात्र वातावरणमा पर्ने नकारात्मक असरहरूलाई कम गर्न सकिन्छ । यस कालिका क्षेत्रमा वातावरणीय असर न्यूनीकरण गर्नका लागि निम्न उपायहरू अवलम्बन गर्न प्रस्तावित गरिन्छ ः
१. मानव सिर्जित फोहरमैला व्यवस्थापन गर्न फोहर फाल्ने कन्टेनरको व्यवस्था गर्ने । तोकिएको ठाउँमा फोहर नफालेर जथाभावी फोहर फाल्नेलाई कडा कार्यवाही गर्ने ।
२. फलाम, अन्य धातु तथा सिसाका टुक्राहरूलाई छुट्टै कन्टेनरमा थुपारेर निश्चित ठाउँमा लगेर अनुसेचन गर्ने ।
३. भौतिक पूर्वाधारहरू निर्माण गर्दा संरक्षण का लागि आवश्यक उपायहरू अवलम्बन गर्ने ।
४. मन्दिर वरिपरी फुल तथा अन्य बिरुवालाई बृक्षारोपण अभियानको रूपमा सञ्चालन गर्ने ।
५। मन्दिर भित्र ठूला भौतिक संरचना निर्माण नगर्ने हरियाली कायम गर्ने ्र
६। मन्दिर बाहिर पर्खाल संगसंगै आकर्षण फुलका बिरुवाहरु लगाउने ्र
७। मन्दिर परिसर भित्र भुइँ प्लास्टर सिमेन्टको कार्य कम गर्ने आवस्यकता अनुसार मोज्याक टायल बिछाउने ्र