हाम्रो दृष्टिकोण र जारी कामहरू
01.
— नित्य पूजा
सम्पूर्ण देवी देवताको नित्य पूजा श्रद्धा र
भक्ति पुर्वक सम्पन्न गर्ने
02.
— आश्रम
वैदिक सनातन हिन्दु धर्मशास्त्र अनुसार कालिका मन्दिरका साथै सुविधा सम्पन्न आश्रमको रुपमा विकसित गर्ने
03.
— योग ध्यान तथा सत्सङ्ग
योग ध्यान तथा सत्सङ्गलाई मानव जीवनमा दैनिक जीवन पद्धतिको रुपमा विकास गर्ने
04.
— दिवा आश्रम (जेष्ठ मिलन)
समयानुकूल सुबिधा सम्पन्न दिवा आश्रम (जेष्ठ मिलन) स्थलको रुपमा स्थापित गराउने
05.
— वाटिका र भौतिक संरचना
कालिका मन्दिर कालिका आश्रमलाई आकर्षक वाटिका र भौतिक संरचनाको निमार्ण गरी आध्यात्मिक एवं धार्मिक धरोहरका साथै दिव्य शान्ति धामको रुपमा स्थापितगराउने
06.
— ब्रह्मरुपा पुस्तकालय
ब्रह्मरुपा पुस्तकालयलाई ब्यबस्थापन गर्ने
कालिका मन्दिर कालिका आश्रम
कालिका मन्दिर कालिका आश्रमको बिकासको आवस्यकता
आ–आफ्नो क्षेत्र वरिपरि रहेका प्राचीन एवम् पुरातात्विक महत्वका विषय तथा क्षेत्रहरूको संरक्षण र सम्बर्धन गर्दै प्रचार–प्रसार गर्नु हरेक देशका नागरिकको कर्तव्य हो । कालिका माताको धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण र प्रमुख शक्तिपीठ हुँदाहुँदै पनि कालिकाको जुन रूपमा विकास हुनु पर्ने हो त्यति हुन सकेको छैन । कालिकाको महत्व के–कति छ भन्ने कुरा ऐतिहासिक कथा तथा पुराणहरूले पुष्टि गरिसकेका छन् तसर्थ यस कालिका मन्दिर कालिका आश्रमको समग्र विकास गरी धार्मिक तथा आध्यात्मिक केन्द्र,दिवा वृद्धाश्रम९जेष्ठ नागरिक मिलन केन्द्र० आध्यात्मिक एवम् धार्मिक पुस्तकालय,योग तथा ध्यान केन्द्र आन्तरिक पर्यटकको लागि आकर्षणस्थल, आध्यात्मिक चिन्तनद्वारा सामाजिक परिचालन गरी नमूना गाउँको सृजना गर्न नितान्त जरुरी छ । त्यसैले यसलाई एकीकृत रूपमा धार्मिक तीर्थस्थल, आध्यात्मिक चिन्तनको केन्द्र, रमणीय पर्यटकीय स्थलको रूपमा विकास गर्दै लगी यस क्षेत्रको नै आकर्षण केन्द्र बनाउनु पर्ने आवश्यकता सबैले महसुस गरिएको छ । देशका अन्य भागमा जस्तै यस क्षेत्रमा पनि मानव बसोबासको बढ्दो चाप, सामाजिक विकृति आदि बढ्दै गएको देखिन्छ । यी कुराहरूलाई बेलैमा सम्बोधन गरेर व्यवस्थित किसिमले अगाडि नलाने हो भने अहिले बढिरहेको कालिकाको ख्यातिमा विविधकारणले ह्रास आउन सक्दछ । त्यसैले पर्यटकको बढ्दो क्रमसँगै भित्रने विकृति, विसंगति, वातावरण प्रदूषण आदि कुरालाई बेलैमा सजगभई त्यस्ता विकृतिहरूको रोकथाम गरी वातावरण प्रदूषणलाई रोकथाम गर्दै व्यवस्थित किसिमले संरक्षण र सम्बर्धन गरेर चिरकालसम्म पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न कालिका मन्दिर कालिका आश्रमको विकासको आवश्यकता अपरिहार्य छ । यस क्षेत्रको विकास पछि कालिकाको महिमा अझ बढ्ने छ, देश विदेशमा यसको प्रचार–प्रसार हुनेछ । आध्यात्मिक चिन्तनको विकासद्वारा सामाजिक परिचालन, सामाजिक परिचालनबाट स्वस्थ, सचेत र आस्तिक समाजको निर्माण गरी हरेक पक्षमा आत्मनिर्भर बनाउने हेतुले कालिका मन्दिर कालिका आश्रमको विकासको आवश्यकता महसुस गरिएको हो ।
चरणबद्ध विकासको अवधारणा
पहिला तयार गरिएको गुरु योजनाको समयावाधि सकिएको र सो अनुसार काम पनि हुन नसकेकोले दोस्रो योजना व्यावारिक रुपमा बनाई कार्यन्वयन गर्ने ्र कालिका मन्दिर कालिका आश्रम गैँडाको ट, नवलपरासीले कालिका मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रि जगतमा समेत प्रचार–प्रसारका लागि यस क्षेत्रमा गुरु योजना तयार गरेमामात्र विकास निर्माणका कार्यहरू गर्ने भन्ने अठोटका साथ २०८१ साले गुरु योजना तयारी उप–समिति गठन गरे पश्चात् कालिका क्षेत्रको दीर्घकालीन विकासतर्फ अग्रसर भएको देखिन्छ । यस क्षेत्रको विकास क्रमलाई व्यवस्थित किसिमले अगाडि बढाउन कालिकाको गुरु योजना तयार गर्ने कार्य सुम्पेअनुसार एकीकृत रूपमा कालिका विकासको गुरु योजना प्रारुप तयार गरिएको छ ।
कलिका मन्दिर कालिका आश्रमकोे समुचित र दिगो विकासका लागि विगतमा भए गरेका ऐतिहासिक तथा धार्मिक पूर्वाधारहरू बनावट आदिलाई मध्यनजर राख्दै गुरु योजनाको प्रारुप तयार गरिएको छ । कालिकाको धार्मिक महत्व बढी भएको र कालिका स्वयं एउटा शक्तिपीठ भएकोले कालिका मन्दिर कालिका आश्रम धार्मिक हिसाबले बढी महत्व राख्दछ । यस गुरु योजनामा पनि यस पक्षलाई बढी जोड दिएको छ तापनि अन्य कुराहरूलाई एकीकृत रूपमा लिएर जानु पर्छ भन्ने कुरा बिर्सेको भने छैन । यस गुरु योजनालाई भौतिक निर्माणका क्रियाकलापहरू, संस्थागत विकास, आर्थिक विकास, आध्यात्मिक चिन्तन एवम् ज्ञानको विकास, विस्तार, संरक्षण र सम्बर्धनकासाथै समुदाय, कालिका मन्दिर कालिका आश्रम एवम् अन्य निकायसँग सम्पर्क, समन्वय र सम्बन्ध विस्तार गरी विभिन्न खण्डमा छुट्याई सोही अनुसारका कार्यक्रमहरूको प्रस्ताव गरिएको छ । यस योजनामा कालिका क्षेत्र विकास गर्दा मुख्य मन्दिर परिसर लाई लिइएको छ भने बाहिरी क्षेत्रमा त्यसदेखि वरिपरिका क्षेत्रलाई लिइएको छ । मुख्य क्षेत्रमा धार्मिक तथा आध्यात्मिक चिन्तनका कार्य तथा प्राकृतिक सौन्दर्यता जस्ता क्रियाकलापलाई मात्र प्राथमिकतामा राखिएको छ अन्य काम गर्न उपयुक्त देखिदैन । बाहिरी क्षेत्रमा धार्मिक तथा आध्यात्मिक क्रियाकलापका साथसाथै सोसँग सम्बन्धित अन्य आवश्यक क्रियाकलापहरूलाई समावेश गरी योजनाको भौतिक प्रारुप तयार गरिएकोछ । यस बाहेक योजनाको अवधारणामा वातावरण संरक्षण, आध्यात्मिक चिन्तन र धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने कुरालाई सर्वाधिक प्राथमिकता दिइएको छ ।
कालिका मन्दिरलाई केवल एउटा मन्दिरका रूपमा मात्र विकसित नगरी जेस्ठ नागरिक मिलन केन्द्र,योगशाला, ध्यान केन्द्र, धार्मिक तथा पर्यटकीय क्षेत्र, आध्यात्मिक चिन्तनको अध्ययन केन्द्र, आध्यात्मिक चिन्तनद्वारा सामाजिक परिचालन, सामाजिक परिचालनद्वारा दिगो विकास, दिगो शान्ति र भेदभावरहित आध्यात्मिक समाजको निर्माण गर्ने शङ्खघोषकासाथ यो समिति अगाडि बढिरहेको छ । यो गुरु योजनामा १५ वर्ष भित्रमा निर्माण गरिने भौतिक पूर्वाधार, स्व–आत्मजागरण, आर्थिक तथा सामाजिक विकासका कार्यक्रमहरू तय गरिएका छन् ।
कालिकालाई स्थापना र विकास गर्दै लैजाने यस क्षेत्रका समाजसेवी भवानी शंकर सापकोटा, नारायण दत्त पौडेल लगायतका व्यक्ति बाट २०२९ सालदेखि सुरु भएको देखिन्छ । त्यस पछिका दिनहरूमा त्यस क्षेत्रका वासिन्दाहरूले यसलाई क्रमशः अगाडि बढाउदै लगेको पाइन्छ । कालिका मन्दिर कालिका आश्रम दर्ता पश्चात् २०४९ सालदेखि संस्थागत रूपमा यो कार्य अगाडि बढ्यो । कार्य समितिले नै हाल आएर यसलाई गुरु योजनाको प्रस्तावना तयार गरी अगाडि बढाउने प्रयास गरेको छ । गुरु योजना बनाउनका लागि यस क्षेत्रका विभिन्न व्यक्तित्वहरूले बेलाबेलामा झ्क्झक्याउनु समेत परेको छ । सबैको चासो र चाहना अनुसार हाल यो योजना अगाडि बढी रहेको छ । त्यसैले यो योजनाको अवधारणा ल्याउनमा यस क्षेत्रका सम्पूर्ण कालिका माताका भक्त, शुभचिन्तक एवम् विकासप्रेमीहरूको संयुक्त प्रयास हो भन्नु अतिशयोक्ति नहोला । यो पूरा गर्न पनि सबैको सक्रिय सहयोगको उत्तिकै आवश्यक छ ।
गुरु योजनाको अवधारणा
गुरु योजनामा उल्लेख भएका भौतिक प्राकृतिक सौन्दर्यका कुराहरु,दिव्य बृद्ध आश्रम,पुस्तकालय तथा आध्यात्मिक विकासका योजनाहरू चरणबद्ध रूपमा गर्दै लैजानु पर्ने देखिन्छ । सबै परिकल्पित कार्य एकैसाथ गर्न नसकिने हुँदा पनि प्राथमिकता एवम् आर्थिक क्षमताको आधारमा चरणबद्ध रूपमा गर्नुपर्ने देखिन्छ । कालिकाको गुरु योजना पनि यही अवधारणाअनुरूप योजनाबद्ध रूपमा ३ वटा पञ्चवर्षीय योजनामा विभाजन गरिएको छ । कतिपय कुराहरू १५ वर्षमा पनि पूरा गर्न कठिन छ । तसर्थ यसको समय सिमालाई १५ वर्षमा नै बाधेर हेर्न मिल्दैन । विकास क्रमशः हुँदै जाने कुरा हो सो भन्दा बढी समय लाग्न पनि सक्छ । २५–३० वर्ष लगाएर भएपनि यसलाई पूरा गर्नुपर्ने हुन्छ । त्यसपछि पनि विकास निर्माणका काम समयानुसार चलिनै रहन्छन् । १५ वर्ष भित्रमा पूरा गर्न सकेमा गुरु योजना पूर्ण सफल भएको मानिने छ । यस योजनामा समावेश गरिएका भौतिक पूर्वाधारका कुराहरूको विस्तृत लागत विवरण र नक्साङ्कन गरिएको छ । क्षेत्र र स्थान केही हदसम्म तोकिएको छ । पूर्वाधार निर्माण गर्नु भन्दा अगाडि नक्सा तयार गरी कार्यसमितिले पास गरेपछि मात्र कार्यान्वयन गरिनेछ । कार्यसमितिले नक्सापास गर्दा गुरु योजनाको मर्म र मार्गनिर्देशिकालाई आधार मानेर मात्र गर्नुपर्ने हुन्छ ।
गुरु योजना तयारीका प्रक्रियागत चरणहरू
प्रथम भेलाको आयोजना ः
गुरु योजना तयारीका चरणहरू सर्वप्रथम यस कालिका मन्दिर कालिका आश्रमको कार्य समिति ले हाल भएको गुरुयोजना लाई पुनर्लेखन गर्ने र अर्कीटेकको खोजि गरि नक्सांकन पश्चात मात्र कुनै पनि संरचनाहरु बनाउने वा सौन्दरिकरण गर्ने सोच ल्याए पश्चात मिति २०८०साल ११ महिना १३ गते बसेको कार्य समितिको कार्यसमितिको बैठकले गुरु योजना पुनर्लेखन गरी नक्सांकन गर्ने निर्णय गरिएको । सो समितिले गुरु योजना तयारीका लागि सामाजिक कार्यका लागि सल्लाहकार सदस्य श्री इन्द्र राज ज्योति पौडेल र नक्सांकन सहितको डीजाईनका लागि अर्किटेकट ई। स्वस्तिका पौडेललाई जिम्मा दियिएको थियो । तत् पश्चात् यस कालिकाको परिकल्पना, लक्ष्य, उद्देश्य तयार गर्न मिति २०८० साल १२ महिना २५ गतेका दिन यस गैंडाकोट नगरपालिकाका नगर प्रमुख,यस वडा नं(८ का वडा अध्यक्ष गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान का उपकुलपति लगायत यस क्षेत्रका धार्मिक जन, बुद्धिजीवी, समाजसेवी,यस संस्थाका सल्लाहकार व्यक्तित्व ज्यु हरु, सामाजिक संघ संस्थाका प्रतिनिधि र कार्यसमिति, लेखा तथा सुपरिबेक्षण समिति, सत्संग उप(समिति यस संस्थाका आजीवन सदस्य हरूको भेला आयोजना गरियो । भेलामा व्यापक छलफल गरी के–कस्ता भौतिक संरचनाहरू राख्ने, लक्ष्य, परिकल्पना कस्तो बनाउने भन्ने विषयमा सुझाउ सङ्कलन गरियो । सोही भेलाले दिएको दिशानिर्देशअनुसार गुरु योजनामा विविध पक्षहरूलाई समेटेर दस्तावेज तयार गरिएको छ । उक्त भेलामा तपसिल बमोजिम को भेला रहेको थियो ्र
उपस्थिति(
अध्यक्ष श्री पिताम्बर सापकोटा
उपाध्यक्ष श्री पशुपति सापकोटा
सचिव श्री दया सागर सुबेदी
कोषाध्यक्ष श्री लक्ष्मी प्रसाद कंडेल
सह(सचिव श्री गीता न्युरे सापकोटा
सदस्य श्री खगेश्वेर गौडेल
सदस्य श्री ओम प्रसाद शर्मा पौडेल
सदस्य श्री लक्ष्मी सुबेदी
सदस्य श्री तिला देवी सापकोटा रेग्मी
सदस्य श्री बिष्णु प्रसाद चापागाई
सदस्य श्री मंदोधरी सापकोटा सुबेदी
लेखा तथा सुपरिवेक्षक समिति
संयोजक श्री खुमनाथ पौडेल
सदस्य श्री शशिधर न्यौपाने
सदस्य श्री हेमा काफ्ले
सल्लाहकार समिति
संयोजक श्री मदन भक्त अधिकारी
सदस्य श्री ओम प्रसाद सापकोटा
सदस्य श्री डा। नारायण प्रसाद गौतम
सदस्य श्री इन्द्र राज ज्योति पौडेल
सदस्य श्री धन प्रसाद सापकोटा
बिशेष उपस्थिति
श्री प्रेम सापकोटा वडा नं(८ अध्यक्ष, गैंडाकोट नगरपालिका
श्री गोविन्द राज विनोदी, उपकुलपति, गैंडाकोट प्रज्ञा प्रतिष्ठान
श्री भिम प्रसाद सुबेदी,सदस्य सचिव,गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान
श्री माधव पौडेल,कार्यकारी अधिकृत, बिकु बचत तथा सहकारी ।सं ।लि
श्री खेम राज सापकोटा, सहकारी अभियान्ता
श्री गंगाधर सापकोटा, अध्यक्ष, कालिका माध्यामिक बिद्यालय
श्री भविश्वर चालिसे,सत्संग उप(समिति संयोजक,श्री कालिका मन्दिर कालिका आश्रम
श्री कृष्ण प्रसाद पौडेल,सत्संग उप(समिति उप(संयोजक, श्री कालिका मन्दिर कालिका आश्रम
श्री श्री प्रसाद घिमिरे, सत्संग उप(समिति सदस्य, श्री कालिका मन्दिर कालिका आश्रम
श्री राम हरि अर्याल, सत्संग उप(समिति सदस्य , श्री कालिका मन्दिर कालिका आश्रम
श्री दुर्गा शर्मा, सचिव, कालिका टोल बिकाश संस्था
श्री प्रेम प्रसाद सापकोटा,सदस्य, कालिका टोल बिकाश संस्था
स्थलगत अध्ययन अवलोकन
भेलाले दिएको मार्ग निर्देशन अनुसार विभिन्न क्षेत्र कायम गरी निर्माण गुर्नपर्ने भौतिक संरचनाहरू, ध्यान तथा सत्संग भवन क्षेत्र आदि विषयहरूलाई भू–वनावट र व्यवस्थापकीय हिसाबले कहाँ र कसरी स्थापना गर्दा व्यावारिक र प्राकृतिक सौन्दर्यतालार्ई खलल नपुग्ने, निर्माण गर्न सजिलो र सिलसिला पनि मिल्ने हिसाबले, विषयगत दक्ष जनशक्ति र गुरु योजना तयार गर्न जिम्मेवारी दिएका यस कालिका मन्दिर कालिका आश्रमका अल्लाहाकर सदस्य श्री इन्द्र राज ज्योति पौडेल र आर्कीटेक इ। श्री स्वस्तिका पौडेल सहितको टोलीले स्थलगत अध्ययन गरी प्रारम्भिक अवधारणा निर्माण ग¥यो ।
गुरु योजनाको अन्तिम रूप
माथिका कार्यहरू सम्पन्न भएपश्चात् समग्र दस्तावेज तयार गर्न समाजसेवी इन्द्र राज ज्योति पौडेल र आर्कीटेक इ। स्वस्तिका पौडेल र अन्य द्वारा तयार गरियो । सो पाण्डुलिपिलाई कार्य समितिमा लगेर प्राविधिक तथा दस्तावेजका अन्य पक्षहरू माथि छलफल गरियो ।कार्य समितिले दिएको पृष्ठपोषणको आधारमा दस्तावेज परिमार्जन गर्ने र सोही अनुसार प्राविधिक नक्साङ्कनमा सुधार गर्ने कुरा गरी समिति कालिका मन्दिरको सल्लाहकार समिति र कार्य समितिमा पेश गरी छलफल भयो । कार्यसमितिले छलफल र सुझाब सहित प्रस्ताव पास गरी अनुमोदनका लागि साधारण सभामा प्रस्तुत गरेर साधारण सभाको निर्णय अनुसार यसलाई कार्यान्वन गर्ने तयारीमा राखिएको छ ।
गुरु योजना कार्यान्वयन र संशोधन
कार्यान्वयनको कुरा गर्दा यस योजनालाई कार्यसमितिले वर्तमान आवश्यकता, क्षमता र दाताहरूको रुचि अनुसार ३ वटा पञ्चवर्षीय योजनामा कार्यक्रमहरूलाई बाडफाँड गरिनेछ । प्रथम पञ्चवर्षमा गरिने योजनाहरू तत्काल गर्न सकिने, दाताहरूले आश्वासन दिएका र अति आवश्यक भएका कार्यहरूलाई राखिने छ ्र क्रमशस् प्राथमिकताको आधारमा दोस्रो, तेस्रो पञ्चवर्षमा कार्यक्रमहरू विभाजन गरिनेछ । हरेक पञ्चवर्षीय योजनालाई बार्षिक योजनामा परिणत गरी पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ वर्षमा लगिनेछ । बीचमा मध्यावधि मूल्याङ्कन र बार्षिक मूल्याङ्कन गरिनेछ । पहिलो बर्षमा तोकिएका कार्यक्रमहरू पूरा गर्न नसकिएमा तोस्रो÷तेस्रो वर्षमा लगेर पूरा गरिनेछ भने तोकिएका कार्यक्रमहरू सम्पन्न गरी अन्य थप गर्नुपर्ने भएमा दोस्रो वर्षका योजनाहरूलाई ल्याएर पूरा गरिनेछ । हरेक वर्षको समीक्षा, मूल्याङ्कन गरी कार्यक्रमलाई परिमार्जन र पूर्ण गरिनेछ । अनुगमन समितिले नियमित रूपमा अनुगमन गरी आवश्यक सरसल्लाह दिनेछ भने गुरु योजना कार्यान्वयनका लागि कार्यसमिति ले नै कार्य अगाडि बढाउने प्रस्ताव गरिएको छ । प्राविधिक कुराका लागि गुरु योजनामा नै प्राविधिक व्यक्तिहरू समावेश गर्ने प्रस्ताव राखिए तापनि हरेक संरचनाहरूको डिजाइन, इष्टिमेट र नियमित रेखदेख गर्नुपर्ने भएको हुनाले निर्माणको क्रममा १ जना दक्ष प्राविधिकलाई प्राविधिक सल्लाहकारका रूपमा मनोनयन गरी राख्ने प्रस्ताव गरिन्छ । संरचनाको निर्माण अनुसार आवश्यक पारिश्रमिक प्रतिशतको आधारमा तोकेर दिने व्यवस्थ मिलाइने छ । वातावरण संरक्षण गरी प्राकृतिक वातावरणलाई खलल पु¥याउन निषेध गरिएको छ । निर्माण कार्यहरू गर्दा वातावरणीय सहयोगी प्रविधि ९भ्लखष्चयलmभलतब िँचष्भलमथि बउउचयबअज० आर्थिक हिसाब किताबबाट कम खर्चिलो विधि अवलम्बन गरिनेछ ।
—
कालिका मन्दिर कालिका आश्रमको विकासको परिकल्पना, लक्ष्य, उद्देश्यहरू
परिकल्पना ९ख्ष्कष्यल०
आध्यात्मिक एवं धार्मिक संरक्षणको धरोहर सुन्दरताले भरिपुर्ण स्वर्ग तुल्य कालिका मन्दिर कालिका आश्रम
ध्येय ९ःष्ककष्यल०
नैतिक आध्यात्मिक सांस्कृतिक सांगीतिक जीवनउपयोगी योग तथा ध्यानद्धारा मानवीय मूल्य मान्यताको व्यावहारिक प्रयोगको लागि भौतिक पूर्वाधार आराध्यदेवी कालिका माताको सम्पूर्ण अंग सहितको भौतिक संरचना, शान्त दिवा बृद्धाआश्रम सहितको कालिका मन्दिर कालिका आश्रमका लागि निरन्तर लागि पर्ने ।
लक्ष्य ९न्यब०ि
१. वैदिक सनातन हिन्दु धर्मशास्त्र अनुसार माता क।लिक।को सम्पूर्ण अंग, अष्टोत्तरशत ९१०८० शिवलिङ्ग, एकादश महारूद्र, द्वादश ज्योतिर्लिङ्ग, श्री पञ्चमुखी पशुपतिनाथ, शिवमूर्ति, गणेश मन्दिर र अष्ट चिरञ्जीवी को मन्दिर परिवारको दिव्य मूर्तिहरुको नित्यपूजापाठ गर्ने गराउने ।
२. वैदिक सनातन हिन्दु धर्मशास्त्र अनुसार कालिका मन्दिरका साथै सुविधा सम्पन्न आश्रमको रुपमा विकसित गर्ने तथा स्थापित गराउने ।
३. योग ध्यान तथा सत्सङ्गलाई मानव जीवनमा दैनिक जीवन पद्धतिको रुपमा विकास गर्ने ।
४.समयानुकूल सुबिधा सम्पन्न दिवा आश्रम (जेष्ठ मिलन) स्थलको रुपमा स्थापित गराउने ।
५. कालिका मन्दिर कालिका आश्रमलाई आकर्षक वाटिका र भौतिक संरचनाको निमार्ण गरी आध्यात्मिक एवं धार्मिक धरोहरका साथै दिव्य शान्ति धामको रुपमा स्थापितगराउने ।
६. दिगो आर्थिक स्रोतको खोजी गरी दैनिक पूजापाठका साथै नित्य कर्म गर्नका लागि आफ्नै स्रोतको प्रयोग गर्न सक्ने गरी मन्दिरलाई आर्थिक रुपमा सक्षम बनाउने ।
७. सुविधा सम्पन्न धार्मिक, आध्यात्मिक पुस्तकालय सञ्चालन गर्ने ।
८. कार्यालय व्यवस्थापनलाई चुस्त दुरुस्त र व्यवस्थित गराउने।
४. आश्रम परिसरमा बृद्धाश्रम निमार्ण गरी जेष्ठ नागरिकहरुको जीवन सुरक्षित बनाउन मन्दिर परिसर शान्त, स्वच्छ वातावरण, वाटिका हरियाली युक्त विरुवा, फूल,दुवो, जडीबुटी, स्वच्छ पानी र दृृृृृृृृृृृृृृयावलोकन, पानीको फोहरा पोखरी र पार्क सौन्दर्यकरण गर्ने ।
५. नेपालीपनका पुराना वस्तुहरुको र वैदिक हिन्दु संस्कृति झल्कने लोपोन्मुख सामग्रीहरुको संकलन गरी संरक्षण गर्न तद्अनुसारका भवन निमार्ण गरी व्यवस्थित संग्राहलय सञ्चालन गर्ने ।
६. स्वास्थ्य, योग, संगीत, कर्मकाण्ड, प्राबिधिक, बाद्यवादन मध्येमा प्रचलनमा आएका मादल, खैजेरी, मुजुरा, हार्मोनियम, मुरली, सितार, वीणा र खाल बाद्यमा ढोल, तवला आदिको ज्ञान गराउने आधारभूत सांगीतिक तालिम सञ्चालन गर्ने ।
७. नियमित योगाभ्यास, सत्सङ्ग, भक्तिसंगीत, भजन, किर्तन, पाठपारायण कथाप्रबचनको व्यवस्था मिलाउने ।
८. आध्यात्मिक चिन्तन विकासमा टेवा पु¥याउने विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जस्तै नैतिक ज्ञानबद्र्धक कविता, प्रबचन, बालकथा, अन्ताक्षरी, दोहोरी, खेलकूद, भजनकीर्तन प्रतियोगिता आदि
९. हिन्दु धर्मालम्बीहरुले मनाउदै आएका चाडपर्वहरु, सामाजिक संस्कारहरु, तिथिमिति तथा बार समेतको महत्व, उपादेयता बारेमा सम्बन्धित बिषय विज्ञहरु द्धारा वास्तविकता समुदायमा सचेतना फैलाई धार्मिक जागरण ल्याउने ।
१०. समयामुकूल कार्यसमितिको सक्रियता, कार्यालय व्यवस्थापन, नित्यपूजापाठ, भौतिक संरचनाहरुको मर्मत सम्भार र लेखा प्रणाली युगअनुकूल परिमार्जन गर्दै जाने ।
११। कालिका मन्दीर कालिका आश्रमकोे पर्याप्त भौतिक पूर्वाधारको विकास गरी एक आध्यात्मिक,दिवा आश्रम धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने ।
१२।हिन्दुधर्मको आस्थाको केन्द्र र हिन्दु धर्मको प्रचार प्रसार गरी मानिसमा आध्यात्मिक आत्मजागरण गराउने ।
१३। कालिका मन्दिरलार्ई आर्थिक रूपमा सक्षम बनाई आध्यात्मिक चिन्तनद्वारा सामाजिक परिचालन, सामाजिक परिचालनद्वारा सभ्य समाज निर्माणमा योगदान पु¥याउने ।
१४। विभिन्न प्रकारका धार्मिक तथा सामाजिक अनुसन्धान र सामाजिक सभ्यता एवम् संस्कृतिको प्रबर्धन र संरक्षण गर्ने ।
१५। समितिको संस्थागत विकास गर्ने ।
१६। कालिका मन्दिरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसार गर्ने ।
१७। समुदायसँग सम्पर्क समन्वय गरी आध्यात्मिक चिन्तनद्वारा सामाजिक परिचालन गरी नमूना धार्मिक क्षेत्रको रूपमा विकास गर्ने ।
१८। वातावरण संरक्षण, भौतिक पूर्वाधार विकास गर्दै व्यवस्थित कालिका मन्दिर कालिका आश्रम ९ दिव्य धाम ०को रूपमा स्थापित गर्न आवश्यक कार्यहरू सञ्चालन गर्ने ।
१९। कालिका मन्दिरको विकास सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरू गर्ने गराउने ।
गुरुयोजनाले लिएका १५ वर्ष भित्र पुरा गर्ने लक्ष्य
१.वैदिक सनातन हिन्दु धर्मशास्त्र अनुसार मत भगवतीको सम्पूर्ण अंग एवं परिवारको दिव्य मुर्तिहरुको स्थापना भई सकेको हुदा नित्र पूजा पाठ अझै व्यवस्थित र विधिसम्मत गराउने ।
श्र मूल पुजारी सहायक पुजारी ले सम्पूर्ण देवी देवताको नित्य पूजा श्रद्धा र
भक्ति पुर्वक सम्पन्न गर्ने ्र
श्र श्रावण महिनामा बोल बम धामका रुपमा सभ्य र भव्य रुपमा कार्यक्रम गर्ने ्र
श्र चैत्र अष्टमी मा पर्व बिशेष कार्यक्रम व्यवस्थित रुपमा सन्चालन गर्ने ्र
श्र हप्तामा एक पटक महाआरति संचालन गर्ने ्र
श्र अन्य हिन्दु धर्म अनुसारका धार्मिक चाडबाडका कार्यक्रमहरु नियमित रुपमा सन्चालन गर्ने ्र
२. वैदिक सनातन हिन्दु धर्मशास्त्र अनुसार कालिका मन्दिरका साथै सुविधा सम्पन्न आश्रमको रुपमा विकसित गर्ने तथा स्थापित गराउने ।
श्र मूल पुजारी, सहायक पुजारी अवश्यकता अनुसार बस्ने व्यवस्था गर्ने ्र
श्र आश्रम र पुस्तकालयको समन्वय गरी सन्चालन गर्ने ्र
श्र संस्कृत पढ्न इच्छा भयका बालबालिकाहरुलाई दिवा आश्रम कार्यक्रम सहभागी गराउने ्र
श्र आश्रम का लागि भवन माथि तला भर्ने ्र
श्र दिवा आश्रम सन्चालन गर्नका लागि आचार संहिता तयार गर्ने ्र
श्र आश्रममा संचालनका लागि उपसमिति गठन गरी संचालनको जिम्मेवारी दिने ्र
३. योग ध्यान तथा सत्सङ्गलाई मानव जीवनमा दैनिक जीवन पद्धतीको रुपमा विकास गर्ने ।
श्र सप्ताहिक सत्संग तथा एकादशी माहात्मय कार्यक्रमलाई निरन्तरता दिने र कार्यक्रमहरु सु व्यवस्थित गर्ने ्र
श्र नियमित भजन किर्तन गर्ने ्र
श्र पर्व बिशेष कार्यक्रम अनुसार भजन किर्तन कार्यक्रम लाई सव्य र भव्य सु सन्चालन गर्ने ्र
श्र आजीवन सदस्यहरु धार्मिक संगीत प्रति रुची राख्ने धर्म प्रेमी व्यक्ति तथा आजीवन सदस्यहरुलाई अवश्यक अनुसार बाध्य बाधनको तालिम व्यवस्था गर्ने ्र
श्र धार्मिक तथा आध्यात्मिकता संग सम्बन्धीत भजन बक्तित्वकला जस्ता कार्यक्रमको आयोजना गराउने ्र
श्र अन्य मठ मन्दिर ले आयोजना गरेको कार्य मा निरन्त्रर रुपमा सहभागिता जनाउने ्र
श्र बाल बालिका युवा लक्षित कार्यक्रम र चेतनामूलक कार्यक्रम गराउने ्र
श्र नियमित योग ध्यान कार्यक्रम सन्चालन गर्ने वाताबरण तयार गरी कार्य थालनी गर्ने ्र
४.समयानुकूल सुबिधा सम्पन्न दिवा आश्रम (जेष्ठ नागरिक मिलन केन्द्र)को रुपमा स्थापित गराउने ।
श्र दिवा बृद्ध आश्रम मा९जेस्ठ नागरिक मिलन केन्द्र० सन्चालन गर्ने ्र
श्र जेष्ठ नागरिक मिलन केन्द्र सन्चालन का लागि बनेको भवनलाई ब्यबस्थापन गर्ने ्र
श्र जेष्ठ नागरिकहरुलाई घरबाट ल्याउने लैजाने व्यवस्था गर्ने ्र
श्र भजन, कीर्तन मनोरन्जन हुने कार्यक्रम हरु गर्ने ्र
श्र जेष्ठ नागरिकहरु लाई खाजा, फलफुल र चिया दिवा खाजा को व्यवस्था गर्ने ्र
श्र दैनिक या साप्ताहिक रुपमा स्वास्थ्य परीक्षण गर्ने ्र
श्र सामान्य रुपमा शारीरिक रुपमा ब्यायामहरु गराउने ्र
श्र दिवा आश्रम कार्यक्रममा आफ्ना परिवारहरु संग फोन,इन्टरनेट मार्फत बोल्ने कुराकानी हरु आदान प्रदान गर्ने खालको ब्यबस्थापन गर्ने ्र
श्र जेष्ठ नागरिकहरुलाई सहयोगीका रुपमा कर्मचारी को ब्यबस्थापन गर्ने ्र
श्र दिवा आश्रम को कार्यक्रम का लागि उपकरण हरुको ब्यबस्थापन गर्ने ्र
श्र दिवा आश्रम ९जेस्ठ नागरिक० का लागि आराम गर्ने अबस्यकता अनुसारको बेड हरुको ब्यबस्थापन गर्ने ्र
श्र दिवा आश्रम सञ्चालनका लागि उपसमिति गठन गर्ने ्र
श्र जेष्ठ नागरिकहरु लाई बेला बेलामा अन्य धार्मिक स्थल हरुको अवलोकन गराउने ्र
५. कालिका मन्दिर कालिका आश्रमलाई आकर्षक वाटिका र भौतिक संरचनाको निमार्ण गरी आध्यमत्मिक एवं धार्मिक धरोहरका साथै दिव्य शान्ति धामको रुपमा स्थापितगराउने ।
श्र कालिका मन्दिर कालिका आश्रम भित्रको पर्खाल लाई व्यवस्थित गर्ने ्र
श्र प्रवेश द्वार लाई व्यवस्थित गर्ने ्र
श्र पुजारी, चौकीदार लाई बस्ने भवन निर्माण गर्ने ्र
श्र भान्साघर निर्माण गर्ने ्र
श्र खाली जमिनमा बिज्ञ द्वारा बस्तुशास्त्र र धर्म शास्त्र अनुसार योजना निर्माण गर्ने ्र
श्र मन्दिरको परिसर भित्र पदमार्ग९६ फुटको० निर्माण गर्ने ्र
श्र मन्दिर वरपर निरन्तर रुपमा सरसफाई गर्ने ्र
श्र शिवालय मा नयाँ शिव मूर्तिको स्थापना गरी प्राण प्रतिष्ठान गर्ने ्र
श्र १०८ शिवलिङ्ग का मूर्तिमाथि छानो बनाउने ्र
श्र कालिका मन्दिर कालिका आश्रम वरपर सौन्दर्यकरण गराउने आकर्षक बाटिकाको निर्माण गर्ने ्र
श्र बृद्ध हरुलाई हिड्ने बाटो आकष्र्।ण रुपमा बनाउने ्र
श्र बल बालिका युवा का लागि आकष्र्।ण, मनोरम बगैचा बनाउने ्र
श्र अपाङ्ग मैत्री व्यवस्थित शौचालय निर्माण गर्ने ्र
६ ब्रह्मरुपा पुस्तकालय
श्र पुस्तकालय लाई ब्यबस्थापन गर्ने ्र
श्र पुस्तकालय सन्चालन गर्न उपसमिति गठन गर्ने ्र
श्र भइरहेको पुस्तकालय लाई धार्मिक पुस्तकहरु थप्ने ्र
श्र इ लाईब्रेरी सन्चालन गर्न चाहिने उपकण हरु जडान गर्ने ्र
श्र पुस्तकालयलाई आधुनिकरण गरी युवाहरुलाई समेत आकर्षण गर्ने ्र
श्र पुस्तकालय लाई अश्रमसंग समन्वय गरी व्यवस्थित किसिमले सञ्चालन गर्ने ्र
७ आर्थिक स्रोत
श्र अक्षय कोष लाई वृद्धि गरी कम्तिमा एक करोड पुर्याउने ्र
श्र गुरुयोजना अनुसार दैनिक आमदानीका लागि कम्तिमा ८र१० वटा सटर बनाउने ्र
श्र कालिका मन्दिर मा दर्शन गर्न आउने क्रममा चाईने फूलमाला, ज्योति, पुजा सामग्री कालिका मन्दिर को चित्रण सहितक समग्रिहरु व्यवस्थागरी कोशेली घर सन्चालन गरी बिक्री वितरणको व्यवस्था मिलाउने ्र
श्र चन्दा दाता हरुको खोजी गरी आर्थिक संकलन गर्ने ्र
श्र भक्तजनको प्रभाब बडाउने कार्यका लागि वेबसाइट, सामाजिक सन्जाल को ब्यबस्थापन गर्ने ्र
८ कार्यालय ब्यबस्थापन
श्र कार्यालय सचिव, ब्यबस्थापन सहित अन्य आबस्यक कर्मचारी ब्यबस्थापन गर्ने ्र
श्र सुरक्षागार्ड को ब्यबस्था गर्ने ्र
श्र सरसफाई गर्ने व्यक्ति राख्ने ्र
श्र संस्थापक देखि सामाजिक व्यक्तिहरुको अभिलेखन राख्ने, शिलालेखीकरण गर्ने९चन्दादाता हरुको० ्र
श्र बिधान संम्शोधन गर्ने ्र
श्र आर्थिक, प्रशासनिकसाथै आवस्यक नियमावली बनाउने, आचार संहिता तयार गरि लागु गर्ने ्र
श्र मन्दिर को बाहिरी भाग लाई आकष्र्।ण बनाउने ्र
श्र संस्थामा चाहिने आवश्यक उपकरण कम्प्युटर, फर्निचर ब्यबस्थापन गर्ने ्र
श्र वेबसाइट, सामाजिक सन्जाल मार्फत मन्दिर को प्रचार प्रसार गर्ने ्र
श्र विदेशमा रहेका नेपालीहरु मा पनि मन्दिरको बारेमा प्रचार प्रसार गर्ने ्र
श्र समय समयमा धार्मिक बुलेटिन पत्रिका तथा स्मारिका प्रकाशन गर्ने्र
श्र आजीवन सदस्य अद्याबधिक गरी आबस्यकता अनुसार थप गर्ने ्र
६. एकीकृत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास ः कालिका मन्दिर कालिका आश्रम साविक गैंडाकोट को मध्य भागमा अवस्थित रहेको छ र यस भव्य कलात्मक मन्दिर र यस परिषर भित गरिएको सौन्दरिकरणले यसको भबिष्य उज्वल देखिन्छ भविष्यमा धार्मिक पर्यटन र समग्र गैंडाकोटको बिकासका हिसाबले यस क्षेत्रमा रहेका विभिन्न तीर्थ तथा धार्मिक क्षेत्रहरूको अवलोकन गर्ने गरी धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न देवघाट क्षेत्र विकास समिति र गैँडाकोटमा रहेका विभिन्न मठ–मन्दिरहरूसँग सम्पर्क समन्वय गरी कार्यप्रक्रिया अगाडि बढाइने छ । मौलाकालिकाको डाँडाको चुचुरै चुचुरोबाट मणिमुकुन्द सेन राजाको प्राचीन ऐतिहासिक दरवार स्थल मुकुन्दपुर गाविसको क्षेत्र, हनुमान मन्दिर वार्ड नं. ९, हरिहर मन्दिर वार्ड नं. ७, पिसपार्क ॐ शान्ति भवन वार्ड नं. ६, सीताराम मन्दिर वार्ड नं. ६, गणेश मन्दिर वार्ड नं. ५, कोटेश्वर महादेव मन्दिर वार्ड नं. ४, गोपेश्वर महादेव मन्दिर वार्ड नं. २, वेदबिद्याश्रम मन्दिर वार्ड नं. १, राधाकृष्ण मन्दिर वार्ड नं. १, दिव्य नृसिंहधाम वार्ड नं. १ र सप्तर्षि तथा भारद्वाजलाई समावेश गरिनेछ । यी मन्दिरहरू धार्मिक दृष्टिकोणले पवित्र तीर्थस्थल, शक्तिपीठ एवम् पर्यटकीय हिसाबले आकर्षक र मनोरम छन् । यसो गर्न सकेमा समग्र गैँडाकोट क्षेत्रको नै विकास हुने देखिन्छ ।
७.वातावरणीय असर र यसका न्यूनीकरणका उपायहरू ः
कलिका मन्दिरका सवै कार्यक्रम र भौतिक निर्माण कार्यलाई दीर्घकालीन रूपमा विकास गर्दै लैजाने र यहाँको वातावरणमा समेत प्रतिकूल असर नपर्ने गरी हरेक कार्यक्रमहरू सञ्चालन गर्न प्रस्ताव गरिएको छ । हाल भइरहेको वातावरणीय प्रतिकूल असरलाई समेत घटाउँदै लैजानु पर्ने देखिन्छ । यसका लागि छुट्टै योजना बनाएर सञ्चालन गर्नु वाञ्छनीय देखिन्छ ।
हाल नेपालमा भइरहेको वातावरणीय प्रदूषणमा सबैभन्दा बढी प्रदूषण हावा प्रदूषण ९ब्ष्च एयििगतष्यल० भएको पाइन्छ । यसको मूलकारणमा यहाँ चल्ने सवारीका साधनहरू धेरै पुराना हुनु र पेट्रोलियम पदार्थमा मिसावट हुनुले पनि हो । यसका अलावा प्राकृतिक वन जङ्गल को विनाश, नदीहरूमा सिधै ढल तथा फोहरहरू फ्याक्नु आदिकारणहरू पनि मुख्य रूपमा देखिन्छन् । प्राकृतिक वन विनाशको कारणले गर्दा जङ्गली जनावर, चराचुरुङ्गी आदिले आफ्नो बासस्थान छाडेर अन्यत्र जाने गरेका छन् भने कतिपय लोप हुँदै गएका छन् । बाढी, पहिरोले भूक्षय हुन गै मानव वस्तीलाई नै जोखिममा पारेका छन् । यस क्षेत्रमा अन्यत्रको तुलनामा त्यतिधेरै वातावरणीय असर परेको नदेखिएता पर्नि यस क्षेत्रलाई स्वच्छ हराभरा र वातावरणीय प्रदूषणबाट मुक्त गराई प्राकृतिक रूपमा नै मनरोम स्थलको रूपमा विकास गर्न केही कदमहरू यस योजना सँगसँगै चाल्नु पर्ने देखिन्छ । वातावरण संरक्षणको निम्ति आवश्यक नीति नियम बनाई कार्यान्वयन गर्ने, हरेकलाई पालना गर्न लगाउने, पालना नगर्ने व्यक्ति तथा संस्थाहरूलाई नियमानुसार आवश्यक कार्यवाही गर्न समेत पछि पर्न हुँदैन । त्यसो गर्न सकेमा मात्र वातावरणमा पर्ने नकारात्मक असरहरूलाई कम गर्न सकिन्छ । यस कालिका क्षेत्रमा वातावरणीय असर न्यूनीकरण गर्नका लागि निम्न उपायहरू अवलम्बन गर्न प्रस्तावित गरिन्छ ः
१. मानव सिर्जित फोहरमैला व्यवस्थापन गर्न फोहर फाल्ने कन्टेनरको व्यवस्था गर्ने । तोकिएको ठाउँमा फोहर नफालेर जथाभावी फोहर फाल्नेलाई कडा कार्यवाही गर्ने ।
२. फलाम, अन्य धातु तथा सिसाका टुक्राहरूलाई छुट्टै कन्टेनरमा थुपारेर निश्चित ठाउँमा लगेर अनुसेचन गर्ने ।
३. भौतिक पूर्वाधारहरू निर्माण गर्दा संरक्षण का लागि आवश्यक उपायहरू अवलम्बन गर्ने ।
४. मन्दिर वरिपरी फुल तथा अन्य बिरुवालाई बृक्षारोपण अभियानको रूपमा सञ्चालन गर्ने ।
५। मन्दिर भित्र ठूला भौतिक संरचना निर्माण नगर्ने हरियाली कायम गर्ने ्र
६। मन्दिर बाहिर पर्खाल संगसंगै आकर्षण फुलका बिरुवाहरु लगाउने ्र
७। मन्दिर परिसर भित्र भुइँ प्लास्टर सिमेन्टको कार्य कम गर्ने आवस्यकता अनुसार मोज्याक टायल बिछाउने ्र
कालिका मन्दिर कालिका आश्रम
संस्थागत विकास
संस्थागत विकास भन्नासाथ कुनै एउटा मात्र कुरा नभैकन सो संस्थाको समानुपातिक रूपमा मानवीय स्रोत विकास र परिचालन, दिगो आर्थिक स्रोतको व्यवस्था, भौतिक पूर्वाधार एवम् भए गरेका क्रियाकलापहरूको व्यवस्थित दस्तावेजीकरणका कुराहरू पर्दछन् । यस कालिका मन्दिर कालिका आश्रम विकासको लागि गुरु योजनामा जुन कार्यक्रमहरू प्रस्तावित गरिएका छन् सो पूरा गर्न वर्तमान संस्थागत क्षमताले धान्न गाह्रो हुन्छ । त्यसैले कार्यक्रम विकासका साथसथै संस्थागत विकास गरेर लैजानु अति आवश्यक छ । यसै कुरालाई मध्यनजर राख्दै कार्यसमिति कालिका मन्दिरको संस्थागत विकास क्रमशः गर्दै जाने कुरालाई गुरु योजनामा प्राथमिकताकासाथ राखिएको छ । किनभने सबै कुरालाई हाक्ने पक्ष नै संस्थागत कुरा हो । संस्था बलियो नभएसम्म संस्थाका कार्यक्रमहरू प्रभावकारी हुन सक्दैनन्, कार्यक्रमहरू प्रभावकारी नभएसम्म त्यस क्षेत्रको विकास हुन सक्दैन । त्यसैल संस्थाकोे विकासका लागि तपसिल बमोजिमका कार्यहरू प्रस्तावित गरिएको छ ः
क) नीति निर्माण ः– कुनै पनि संस्था व्यक्तिले होइन विधिले चल्नु पर्दछ । विधिको शासन समयको माग हो । विधिको शासन हुनलाई सम्पूर्ण कुराको विधि विधान तयार गर्न सक्नु पर्दछ ्र कालिका मन्दिर कालिका आश्रमको पनि नीतिगत कुरा गर्दा विधानलाई संशोधन गरी प्रस्ट पारिनु पर्दछ र अन्य आवश्यक नीतिहरू बनाउनु पर्दछ । तपसिल बमोजिमका नीति निर्माण र परिमार्जन गर्दा विषयगत विषेशज्ञलाई समावेश गराई तयार परिने छ ।
आर्थिक नियमावली
प्रशासनिक नियमावली
पूजापाठ तथा धार्मिक नीति
गुरु योजना सञ्चालन निर्देशिका
उप–समितिहरू परिचालन नीति
अन्य आवश्यक नीति निमयहरू
बैठक सन्चालन नीति संचालकको आचार संहिता आदि ्र
ख) मानवीय स्रोत विकास ः– संस्थालाई अगाडि बढाउने सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मानवीय स्रोत हो । कुनै पनि संस्थालाई हाक्ने मानिस के–कस्तो दक्षता, योग्यता, रुचि, परिपक्कता, लगनशिलता, प्रतिबद्धता र सामूहिक एकता छ सोही आधारमा संस्था अगाडि बढ्दछ । त्यसैले यी सबै पक्षलाई खारेर लैजानको निम्ति मानवीय स्रोत विकास र परिचालन नीति प्रस्ट रूपमा तयार गर्नु पर्दछ । मानवीय स्रोत विकास तथा परिचालन नीति तयार गर्दा निम्न लिखित पक्षहरूलाई समेटेर लैजानु पर्ने कुरालाई प्रस्तावित गरिएको छ ः
कर्मचारकिो व्यवस्था (परिचालन र क्षमता अभिवृद्धि)
नेतृत्व र क्षमता विकास (दोस्रो पुस्ताको नेतृत्व विकास)
विषयगत सीप विकास
सदस्यता प्रदान र परिचालन
सङ्गठनात्मक संरचना
उच्च शिक्षा अध्ययन र तालिम अवलोकन भ्रमण
दैनिक कार्य सञ्चालन र व्यवस्थापकीय सीप विकास
संस्थागत व्यवस्थापन तालिम
कार्यालय व्यवस्थापन तालिम
ग) दस्तावेजीकरण ९म्यअगmभलतबतष्यल० स् संस्थागत विकासका लागि नभै नहुने पक्ष भनेको दस्तावेजीकरण हो । यस क्षेत्रमा भए गरिएका हरेक कार्यहरूको दस्तावेजीकरण गरी राख्नु आवश्यक छ । यसका ऐतिहासिक पुरातत्वका सामग्रीहरू, विगतमा भए गरिएका क्रियाकलापहरू, प्रगतिको क्रम र गरेका हरेक कार्यको आवश्यकता अनुसार लिखित, रेकडिङ्ग, भिडियो, डकुमेण्ट्रि आदिका माध्यमबाट दस्तावेज तयार पारी राख्ने कार्यलाई अगाडि बढाइने छ । तयार गरिएका दस्तावेजहरूलाई पनि सुरक्षित किसिमले नबिग्रने गरी राख्ने व्यवस्था मिलाइने छ । यसले पछि गएर समग्र यस क्षेत्रको नै ऐतिहासिक दस्तावेज बन्ने छ भने अध्ययन अवलोकन गर्न आउनेलाई समेत सहयोग पु¥याउने छ । यसरी तयार गरिएका दस्तावेजलाई प्रचार–प्रसार गर्ने, उपयोग र अध्ययन अवलोकन गर्नेलाई उचित व्यवस्था मिलाई सेवा प्रदान गरिनेछ । यसका अलावा गुरु योजना तयार भई सकेपछि कार्यान्वयनको क्रममा जाँदा गरिएका हरेक क्रियाकलापहरूको प्रगति विवरण तयार गरी दस्तावेजको रूपमा राखिने छ । प्रचार–प्रसार र बिक्री वितरणको निम्ति तयार गरिएका हरेक जिन्सी सामग्री एवम् वस्तुहरूको मूल पाण्डुलिपि तथा प्रति संरक्षित गरी संस्थामा राखिने छ ।
घ) कार्यालय व्यवस्थापनका लागि उपकरण र साधनको व्यवस्था ः कालिका क्षेत्रको गुरु योजना अनुसार योजनाहरू कार्यान्वयन गर्दै जाँदा यसको कार्यालयलाई पनि चुस्त दुरुस्त किसिमले व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा यी सबै कार्यक्रमहरू व्यवस्थित किसिमले हंक्ने सकिंदैन । कार्यालय व्यवस्थापनका लागि आवश्यक पर्ने मानवीय स्रोत कर्मचारीहरूको आवश्यकता अनुसार व्यवस्था गरिने छ । कार्यालयका लागि विभिन्न उपकरणहरू कम्म्युटर, अडियो भिडियो क्यामरा, मल्टिमिडिया, सवारी साधन, अफिस फर्निचर आदिको क्रमशः व्यवस्था गर्दै लगी आधुनिक सुविधा सम्पन्न व्यवस्थित कार्यालयको रूपमा विकसित गरिनेछ ।
—
कर्मचारी व्यवस्थापनको ढाँचा
कालिका मन्दिर कालिका आश्रमको संगठात्मक स्वरूपस्(
साधारण सभा
कार्य समिति
विभिन्न उपसमितिहरु
लेखा तथा सुपरिबेक्षक समिति
सल्लाहकार समिति
१।गुरुयोजना तथा भौतिक निर्माण उपसमिति
२। दिवा वृद्धाश्रम व्यवस्थापक उपसमिति
३। पुस्तकालय व्यवस्थापन उपसमिति
४। आर्थिक व्यवस्थापन उपसमिति
५। खरिद तथा लिलाम बिक्रि उपसमिति
६। सत्संग उपसमिति
७। पुजा व्यवस्थापन उपसमिति
८। भजन किर्तन उपसमिति
९। प्रसाद व्यवस्थापन उपसमिति
१०। फूलमाला व्यवस्थापन उपसमिति
कालिका मन्दिर कालिका आश्रमको आवस्यकता अनुसार कार्यसमितिले उपसमितिहरु थपघट गर्न सक्ने छ ्र
सम्पूर्ण उपसमितिहरूको गठन कार्य समिति कालिका मन्दिरले गर्नेछ । प्रत्येक उपसमितिको पदावधि मूलसमितिको पदावधि सरह हुनेछ । मूलसमिति फेरिदा उपसमितिहरू स्वत विघटित हुनेछन् । हरेक अधिवेशन पछि गठित कार्य समितिले उपसमितिहरूको गठन गर्नेछ । उपसमितिहरू मूलसमितिप्रति जवाफदेही हुनेछन् । उपसमितिको कुनै पनि पदाधिकारीले राजिनामा दिएमा मूलसमितिले स्वीकृत गरी उक्त समितिलाई पुनर्गठन गर्न सक्नेछ । कुनै पनि उपसमिति निष्क्रिय भै काम गर्न नसकेको महसुस गरेमा कार्य समितिले उक्त उपसमितिलाई पुनर्गठन र फेरबदल समेत गर्न सक्नेछ । हरेक उपसमितमा २ जना महिला अनिवार्य प्रतिनिधित्व गराउने प्रयास गर्नु पर्नेछ ।
उपसमितिको काम कर्तब्य वारे नियमावली तयार गरिने छ साथै कार्य समिति ले तोके अनुसार जिम्मेवारी थपघट गर्न सकिने छ ्र
कालिका मन्दिर कालिका आश्रम
आर्थिक विकास
कुनै पनि संस्थाको सम्पूर्ण गतिविधि सञ्चालन गर्नको लागि अत्यावश्यक नभै नहुने कुरा भनेको आर्थिक स्रोत हो । आर्थिक स्रोत उचित व्यवस्था भएमा मात्र संस्थाले तयार गरेका कार्यक्रमहरू सम्पन्न हुन सक्छन् । हाम्रो जस्ता संस्थाहरूमा आर्थिक स्रोत जुटाउन कठिन छ । न त नेपाल सरकारबाट नियमित अनुदान आउँछ न त कुनै दाताले नियमित सहयोग गर्दछ । धार्मिक क्षेत्रमा सहयोग धार्मिक आस्था भएका मानिस÷दाताहरूले मात्र गरेको पाइन्छ । कालिका मन्दिरको बारेमा कुरा गर्दा भगवती माताको सदिच्छाले अहिलेसम्म आटेको कुनै पनि कार्य रोकिएको छैन पुगेकै छ । सहयोग गर्ने दाताहरू प्रशस्त हुनुहुन्छ । यसका अलावा नियमित मन्दिर सञ्चालन, कार्यालय व्यवस्थापन, ध्यान केन्द्र, साहित्यिक प्रतिष्ठान, पुस्तकालय, सत्सङ्ग कार्यक्रम आदि सञ्चालन गर्न दिनहुँ आर्थिक स्रोतको लगानी गर्नुपर्ने हुन्छ । यसका लागि संस्थाले तत्कालीन र दीर्घकालीन आर्थिक नीति तयार गरी अगाडि बढ्नु पर्ने देखिन्छ । भौतिक संरचना निर्माणको लागि दातृ संस्था, सहयोगी दाता खोजी एक पटक सहयोग लिएर निर्माण गर्न सकिन्छ भने नियमित कार्यसञ्चालन, मर्मत संभार, पूजापाठ, प्रचार प्रसारका लागि निरन्तर आर्थिक सहयोगको दरकार पर्दछ । यसका लागि संस्थाले नै आफ्नो दिगो आर्थिक स्रोतको जगेर्ना गर्न सकेमा मात्र संस्था लक्ष्य अनुसार अगाडि बढ्न सक्छ । यस गुरु योजनामा पनि सोही किसिमले आर्थिक विकासको प्रस्ताव राखिएको छ ।
१.१ बाह््य दातृसंस्था र दाताहरूको सहयोग ः– गुरु योजना पूरा गर्नका लागि विभिन्न किसिमका दातृसंस्थाहरू व्यक्ति तथा सहयोगी निकायहरूको खोजी गरिनेछ । दाताहरूलाई गुरु योजनामा उल्लेख भएका कुराहरू मध्ये सक्ने क्षेत्रमा सहयोग पु¥याउन अनुरोध गरिनेछ । यसका लागि पूरै कार्यमा सहयोग नसकेर आंशिक सहयोग पु¥याएमा पनि बास्केट फन्डिङ्ग एप्रोचमा विभिन्न दाताहरूको रकम एकैठाउमा जम्मा गरी कार्य गरिने छ र सो को नाम, ठेगाना र सहयोग राशि उल्लेख गरिनेछ । सहयोग गर्ने दानदाताहरुलाई सहयोग रकम र समय सान्दर्भिक हिसाबले कार्यसमितिले निर्णय गरी सम्मान गर्ने व्यवस्था मिलाइने छ ्र
१.२ आय आर्जनका कार्यक्रमहरू सञ्चालन ः– यस अन्तर्गत कार्य समिति स्वयंले नै नियमित रूपमा आय आर्जन हुने खालका कार्यक्रमहरूलाई प्रस्तावित गरिएको छ । यी कार्यक्रमहरू सञ्चालन गर्दा आन्तरिक तथा बाह््य स्रोत समेत परिचालन गर्न सकिनेछ । नियमित आम्दानीका लागि निम्नानुसारका कार्यक्रमहरू सञ्चालन गरिनेछ ः
क) प्रकाशन तथा बिक्री बितरण ः यस अन्तर्गत कार्य समितिले धार्मिक पुस्तकहरू, स्मारिका, लकेट, पोष्टकार्ड, उपहार सामग्रीहरू उत्पादन गरी नियमित रूपमा बिक्री वितरण गर्नेछ । हरेक सामग्रीमा कालिका मन्दिरको कुनै न कुनै कुरा अंकित रहनेछ । जसले गर्दा भक्तजनहरूलाई उक्त सामग्री खरिद गर्न आकर्षण गर्नेछ ।
ख) अक्षयकोष स्थापना ः निर्माणकार्य बाहेक मन्दिरलाई सहयोग दिन चाहने दाताहरूबाट नगद सङ्कलन गरी अक्षयकोषको स्थापना गरिएको छ यसलाई अझै प्रभाभ्कारी तथा व्यवस्थित गरिने छ । अक्षयकोषबाट संस्थाले नियमित व्याज प्राप्त गर्न सक्नेछ ।
ग) भाडाका सामग्रीहरूको व्यवस्था तथा सेवा शुल्क ः विभिन्न प्रकारका सामग्रीहरूको व्यवस्था गरी दैनिक रूपमा भाडामा दिइने छ । साथै कुनै प्रकारको सेवा प्रदान गर्नु परेमा सो को समेत न्यूनतम शुल्क लिइने छ ।
ध० सटर हरुको निर्माण गरी भाडामा दिने स्(गुरुयोजनामा उल्लेख भए अनुसार आवश्यक सटरहरु निर्माण गरी भाडामा लागाइने छ ्र भाडामा लगाउदा हिन्दु धर्मले ।।।।।।।।गरेका सामग्रीहरु बिक्री वितरणगर्न नपाईने व्यवस्था मिलाउनेछ र मासिक भाडा सङ्कलन गरी मन्दिरको दैनिक कार्य सञ्चालन गरिने छ ्र
ङ० कोसेली द.जहर निर्माण र सञ्चालन स्( मन्दिरमा चाहिने र आउने भक्तजनहरुलाई कालिका माताको चिनोहरु प्रसादको रुपमा लिनीगरी विभिन्न सामग्रीहरु उत्पादन गरी कोसेली घरबाट बिक्री वितरण गर्ने व्यवस्था मिलाइने छ ्र
१.३ भक्तजनहरूबाट मन्दिरमा चढाएको भेटी तथा दान ः नियमित रूपमा कालिका भगवतीको दर्शन गर्न आउने भक्तजनहरूले मन्दिरमा चढाएको नगद भेटी, जिन्सी सामान बिक्रीबाट आएको रकमलाई दैनिक रूपमा सङ्कलन गरी मन्दिरको कोषमा जम्मा गरिनेछ । जिन्सी सामग्रीहरू मध्ये मन्दिरलाई आवश्यक पर्ने मन्दिरले नै उपयोग गर्ने र बचेको जिन्सी सामग्रीलाई नगदमा परिणत गरिनेछ । उक्त सामनहरूको दैनिक लगत खडा गरी रेकर्ड दुरुस्त राखिने छ ।
१.४ विविध ः– आय आर्जनका लागि समय–समयमा भजन कृतन, सप्ताह, पूराण आदि समारोह तथा धार्मिक मेला जस्ता कार्यक्रमहरूको आयोजना गरी सो समयमा चन्दा सङ्कलन, प्रवेश शुल्क आदि कार्यबाट रकम सङ्कलन गर्न सकिनेछ ।
योजना सफलपार्ने पक्षहरू
कुनै पनि योजना सफल हुन एक पक्षमात्र बलियो र सक्रिय भएर हुँदैन, सबै पक्षहरू समानुपातिक किसिमले अगाडि बढेमा मात्र योजना सफल हुन सक्दछ । यस कालिका मन्दिर कालिका आश्रमको विकासका लागि पनि गुरु योजना सफल पार्न सबै पक्ष सक्रिय रूपमा लागि पर्नुपर्ने देखिन्छ । त्यसका अलावा तपसिल बमोजिमका कुराहरू सँगसँगै लगिने छ ः
क) भौतिक विकास योजना ः गुरु योजना तयार पार्दा सर्वप्रथम भौतिक विकास योजना संरचनाको नाम र क्षेत्र प्रस्ताव गरिएको छ । सो अनुसार नक्साङ्कन गरिएको छ ।
ख) डिटेल सर्भे ः यस गुरु योजनामा प्रस्ताविक गरिएका भौतिक संरचनाहरूको के–कस्तो निर्माण कार्य गर्न सकिन्छ, कुन प्रकारले र के–कस्तो निर्माण सामग्री प्रयोग गर्दा दिगो, सस्तो र वातावरणलाई कम असर पार्दछ सो कुराको मध्यनजर गरी हरेक संरचनाहरूको डिटेल सर्भे गरिनेछ ।
ग) निर्माण कार्य ः कुनै पनि योजनाको सफल पक्ष भनेको कार्यान्वयन पक्ष हो, कार्यान्वयन राम्रोसँग हुन सक्यो भयो भने योजना सफल हुन्छ । कार्यान्वयन राम्रो हुन सकेन भने जस्तो सुकै राम्रो योजना पनि असफल हुन्छ । यसमा पनि चरणवद्ध रूपमा निर्माणकार्यहरू प्रस्तावित गरिएको छ । समय सिमालाई मध्यनजर राख्दै निर्माण कार्य गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हुन सक्दछ । यसका लागि सम्पूर्ण पक्षहरू एकजुट भई लागिपर्नु पर्दछ ।
घ) व्यवस्थापन ः कुनै पनि योजना सफल हुनुमा त्यसको व्यवस्थापन पक्ष कस्तो छ त्यसैमा नै निर्भर रहन्छ । यस गुरु योजनालाई व्यवस्थापन गर्नका लागि छुट्टै उप–समिति गठन गरी कार्य थालनी गर्ने प्रस्ताव गरिएको छ । यस उप–समितिले कार्य समितिसँग सम्पर्क समन्वय गरी व्यवस्थापन कार्यलाई अगाडि बढाउनु पर्ने देखिन्छ ।
ङ) स्रोत परिचालन ः स्रोत परिचालन सबै भन्दा महत्वपूर्ण पक्ष हो । आर्थिक र भौतिक स्रोत बिना कुनै पनि संरचनाहरू निर्माण हुन सक्दैनन् । यस समितिको गुरु योजना कार्यान्वयन गर्ने कुनै पनि दिगो आयस्रोत छैन । सबै बाह््य संघ संस्था, दाता, र शुभचिन्तकहरूको चन्दा सहयोगले नै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसका लागि कार्य समिति नै सक्रिय रूपमा लागि परी बाह््य क्षेत्र सरकारी तथा निजी क्षेत्रसँग सम्पर्क समन्वय र सम्बन्ध विस्तार गरी स्रोतको खोजी गर्नुपर्ने देखिन्छ । यसका लागि प्रचार प्रसार पनि आवश्यक छ । आन्तरिक तथा बाह््य स्रोत परिचालन गरी तोकिएको समयमा योजना पूरा गर्नु महत्वपूर्ण पक्ष मानिन्छ । त्यसका लागि आर्थिक परिचालनमा केही उपायहरू अवलम्बन गर्न प्रस्ताव गरिएको छ । सोही अनुसार र अन्य समसामायिक उपायहरू अवलम्बन गरी स्रोत परिचालन गर्नु महत्वपूर्ण पाटो हो । मानवीय स्रोत परिचालन पनि सँगसँगै गर्नु पर्ने हुन्छ यसका लागि समुदाय परिचालन नै दिगो र भरपर्दो स्रोत हुन सक्दछ ।
च) लागत ः यस योजनाको लागि निर्माण गरिने भौतिक संरचना लगायत सम्पूर्ण कार्यको लागतबारे डिटेल सर्भे र इस्टिमेट भएपछि अनुमान गर्न सकिने छ । यो कार्य निर्माण कार्य सँगसँगै लगिनेछ । अहिले नक्साङ्कन गर्दा क्षेत्र र क्षेत्रभित्र निर्माण हुने संरचनाको नाम र स्थान तोकिएको छ । सोही आधारमा पछि डिटेल सर्भे इस्टिमेट गरी भौतिक संरचनाहरू निर्माण गरिनेछ । त्यसैले अहिले यसको लागत यति नै हो भन्न सक्ने अवस्था छैन । किन भने बजार भाउ र सामग्रीहरूको मूल्य समय अनुसार बृद्धि हुँदै जाने भएकोले हो ।
—
आध्यात्मिक चिन्तन एवम् ज्ञानको विकास, विस्तार, संरक्षण र सम्बर्धन
मानिसको सोचाईमा मन, मस्तिष्क र संस्कारले ठूलो प्रभाव पारेको हुन्छ । जबसम्म मानिस आध्यात्मिक चिन्तन र ज्ञानको विकास गर्न सक्दैन उसको सोचाइमा सात्विकभाव आउँदैन मानवीयगुणको पक्षलाई विकास गर्नका निम्ति आध्यात्मिक चिन्तन र ज्ञानको आवश्यकता पर्दछ । भौतिक तथा विज्ञानको अध्ययनले मात्र मानिस नितान्त भौतिकवादी बन्दछ । आधुनिक युगको विकाससँगै मानिस मेशिन र नितान्त वैयक्तिक बन्दै गएको छ । आफ्ना संस्कृति र सभ्यताका धरोहरहरूलाई बिर्सदै पश्चिमी सभ्यतामा रमाउन थालेको छ । दया, माया, करुणा, सेवाभाव, बन्धुत्वको भावना क्रमशः लोपहुँदै गएको छ भने काम, क्रोध, लोभ, मोह र देहभिमान बढ्दै गएको छ । पद र पैसाका लागि मानिसले जे पनि गर्न थालेको छ, बन्धु–बन्धुमा झै–झगडा बढेको छ, आफूभन्दा ठूलालाई आदर, सम्मान र सत्कारको भाव घट्दै गएको छ । राष्ट्रियताको भावना कमजोर बनेको छ, एकले अर्काेलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । मानिस विलासितातर्फ उन्मुख छ । यसो हुनुमा मानिसमा आध्यात्मिक चिन्तन एवम् ज्ञानको विकास नहुनु नै हो । यी कुराहरूलाई मध्यनजर गर्दै मानिसमा घट्दै गएको धार्मिक आस्था र आध्यात्मिक चिन्तनलाई समय सापेक्ष परिमार्जन र व्याख्या गरी युवापिडीलाई आध्यात्मिक चिन्तनतर्फ उन्मुख गराउनु आजको आवश्यकता हो । यस समितिले समय सापेक्ष युवापिडीहरुलाई मिल्ने किसिमका विभिन्न प्रकारका विषयवस्तु तयार गरी आध्यात्मिक चिन्तन एवम् ज्ञानको विकास विस्तार, संरक्षण र सम्बर्धन गर्न तपसिल बमोजिमका कार्यहरू विकास गरी नियमित रूपमा सञ्चालन गर्न प्रस्ताव गरिएको छ ः
क) आध्यात्मिक प्रवचन ः सके सम्म हरेक दिन कालिका मन्दिर परिसरमा नियमित पूजापाठका साथसाथै आध्यात्मिक प्रवचन दिइने छ । धर्म र आध्यात्मिक चिन्तन फरक कुरा हुन् भन्ने बताइनेछ । नैतिक शिक्षा र आचरणमा जोड दिइने छ । धर्मका दुई पक्षहरू मध्ये (भक्तिमार्ग र ज्ञानमार्ग) ज्ञानमार्गलाई विशेषजोड दिइने छ ।
ख) श्रव्य दृश्य सामग्री उत्पादन र प्रसारण ः यस अन्तर्गत धार्मिक तथा आध्यात्मिक डकुमेन्ट्री, सिडी तथा अडियो भिडियोहरू उत्पादन गरी बिक्री वितरण गर्ने कार्य गरिनेछ । यसका अलावा स्थानीय रेडियो तथा टि.भि.च्यालनहरूमा समेत प्रसारण गरिनेछ । श्रव्य दृश्य सामग्री तयार गर्दा धार्मिक, आध्यात्मिक कुराका साथसाथै आचरण र नैतिक शिक्षासम्बन्धी कुराहरू समावेश गर्नुका साथै कालिका मन्दिर क्षेत्रसँग सम्बन्धित कुराहरूलाई पनि सँगसँगै जोडेर प्रसारण गरिनेछ । यसको आफ्नै धभदकष्तभ निर्माण गरिने छ र फेस बुक समेत बनाई दैनिक गतिबिधि हरुलाई प्रचार प्रसार गरिने छ धभदकष्तभ लाई समय समय मा अधावधिक गरिने छ ्र
ग) सत्सङ्ग कार्यक्रम ः वर्तमान अवस्थामा आध्यात्मिक चिन्तनको विकास एवम् नैतिक र चरित्रवान नागरिकहरूको निर्माण गर्न हरेक हप्ता सोमबार र एकादशीका दिन विभिन्न विद्वानहरूको रोहवरमा सत्सङ्ग कार्यक्रम सञ्चालन गरिनेछ । वर्तमान परिपेच्छेमा भौतिकवाद र विज्ञानको आविष्कारका साथसाथै आध्यात्मिक चिन्तनको समायोजन गर्दै अन्तरकृया कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिनेछ । विषयगत क्षेत्रका विद्वानहरूलाई खुला छलफलको आयोजना गर्ने, प्रश्नोत्तर कार्यक्रम राख्ने आदि कामहरू गरिनेछ । यसका अलावा कालिका मन्दिरमा विभिन्न क्रियाकलापहरू मध्ये सत्सङ्ग कार्यक्रमलाई प्रभावकारी किसिमले सञ्चालन गरिनेछ । जसले गर्दा टाढा–टाढाका मानिसहरू समेत भागलिन आउनेछन् । यस कार्यक्रमले मानिसको सोचाइमा परिवर्तन ल्याउनेछ । आध्यात्मिक चिन्तन मानिसको बौद्धिक विकास र आचरण निर्माणका लागि अनिवार्य तत्वको रूपमा स्थापित हुनेछ । सत्संग कार्यक्रमलाई दिवा बृद्ध आश्रम दिवा जेष्ठ नागरिक मिलन केन्द्र संग समन्नय गरिने छ ्र
घ) हिन्दु दर्शनकोबारेमा प्रचार प्रसार र विकास ः हिन्दु धर्म र दर्शनका बारेमा अनावश्यक अनर्गल प्रचार तथा साँघुरो पार्नेकाम गरिदै आएको छ । हिन्दु धर्मले जातीय भेदभाव गरी विभेद खडा गर्दछ, लैङ्गिक विभेद गरी महिलाहरूलाई छुट्टै दर्जामा राख्दछ, पुरातन कट्टरवादी छ भन्ने कुराहरू व्यापक गरिएकोछ वास्तवमा हिन्दु धर्म र दर्शन त्यस्तो छैन । अतिथिदेवोभव, नारीलाई शक्तिको रूपमा हेर्दै मानव जातिको कल्याण यसले चाहन्छ । यसका अलावा समग्र प्राणीको कल्याण गर्दै सभ्यता र संस्कृतिको शुरुवात नै यसैबाट भएको हो । धर्महरूमा पनि सबै भन्दा प्राचीन धर्म हो । तसर्थ यसको प्रचार प्रसार र वास्ताविकताको बोध गराउनु पर्ने अहिलेको आवश्यकता छ । विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गरी पुस्तक तथा पत्रपत्रिकाहरूमा प्रकाशन गरी, रेडियो तथा टेलिभिजनमा प्रवचन दिई यसका बारेमा भएको मिथ्या प्रचाहरूलाई निरुत्साहित गर्दै वास्ताविक सत्य तथ्य सार्वजनिक गर्नुपर्ने देखिन्छ । यसका लागि विभिन्न भाषामा ग्रन्थहरूको अनुवाद गरी प्रसारण गर्ने, धार्मिक समारोहको आयोजना गर्ने, शास्त्रार्थ आदि कुराहरूबाट हिन्दु दर्शनको प्रचार प्रसार गरिनेछ । योगी तथा महर्षिहरूको सभा–सम्मलेन गर्ने, अन्तक्रीय र सतसँग कार्यक्रम राखिने छ ।
उपसंहार
समग्रमा भन्नु पर्दा योजनाका सम्पूर्ण पक्षहरू चिन्तन मनन् गर्दा सबै कुरा यसको परिकल्पना साकार पार्न आवश्यक छन् । झट्ट हेर्दा बढी महत्वकांक्षी जस्तो लाग्न सक्छ तर फराकिलो, बस्ती क्षेत्रमा छ । धेरै नयाँ कुराहरू प्रस्ताव गरिएका छैनन् । यसको मूल गुह्य कुरो भनेको आध्यामिक चिन्तनबाट सामाजिक परिचालन, सामाजिक परिचालनबाट सामाजिक श्रद्धाभाव बिकाश गर्न सहयोग, धार्मिक आस्था र नैतिक शिक्षाको संदेशका साथसाथै पर्यटकीय क्षेत्रको समेत विकास गर्नु हो । अन्य धार्मिक क्षेत्रले यी सबै कुरालाई समेटेका छैनन् यसले यी सबैकुराहरू समेटेर नयाँ किसिमको सोच राखेको छ । यी सबै कुरा सम्भव छैनन् भन्ने कुरा पनि उठ्न सक्दछ तथापि युगको माग यही नै हो । यसको मूल मर्म र भावनालाई आत्मसात गर्दै सबै पक्षहरू नागरिक समाज, निजी क्षेत्र, सरकारी निकाय, दातृसंस्थाहरू र यस संस्थाको मूल समिति सबैलाई परिचालन गर्ने गरी अगाडि बढ्न सकेमा योजना तोकिएको समयावधिमा सम्पन्न हुनेछ । प्रस्तावित गरिएका सबै योजनाहरू सम्पन्न भए भने यसको परिकल्पना अनुसार आध्यात्मिक एवं धार्मिक संरक्षणको धरोहर सुन्दरताले भरिपुर्ण स्वर्ग तुल्य कालिका मन्दिर कालिका आश्रम ९दिव्य धाम० हुनेछ । यसो हुन सकेमा यस क्षेत्रको विकासमा समेत कायापलट हुनेछ । यसका लागि हामी सबै आजैदेखि प्रण गरौँ र यसको विकासको निम्ति एक भएर अघि बढौं ।
यो योजना स्वयं आफै कालिका मन्दिर कालिका आश्रमको कार्य समितिले नै तयार गरेको र सरकारी सहयोगको कुनै आश्वासन नरहेको अवस्थामा कार्यान्वयन गर्न चुनौतीपूर्ण नै छ ।कार्य समितिसँग पनि आफ्नो छुट्टै कोष छैन । यसका कार्यक्रमहरू सञ्चालन गर्दा कार्य समिति निकै खट्नु पर्ने देखिन्छ । साथसाथै नगरपालिका प्रदेश र सम्बन्धित सम्सधिय सरकारसँग सम्पर्क समन्वय गरी पूर्वाधार निर्माणका कुराहरूमा सहयोग लिन सकेमा सजिलैसँग पूरा गर्न पनि सकिन्छ । अन्य क्षेत्रको सद्भाव र सहयोग पनि उत्तिकै दरकार छ । यसको निकासका लागि हामी सबै राजनैतिक पूर्वाग्रह भन्दा माथि उठ्नु पर्दछ । जातीय सङ्कीर्णता लिनु हुँदैन, अन्धधर्मभक्त पनि बन्नु हुँदैन । सबैलाई खुल्ला र सबैको सहयोग भन्ने कुरालाई मूल मन्त्रको रूपमा लिएर अगाडि बढेमा गुरु योजना सफल हुनुमा कुनै शंका छैन ।
कार्यसमिति २०८१र२०८३
१. अध्यक्ष श्री पिताम्बर सापकोटा
२. उपाध्यक्ष श्री पशुपति सापकोटा
३. सचिव श्री दया सागर सुबेदी
४. कोषाध्यक्ष श्री लक्ष्मी प्रसाद कंडेल
५. सह सचिव श्री गीता न्युरे सापकोटा
६. सदस्य श्री खगेश्वर गौडेल
७. सदस्य श्री ओम प्रसाद शर्मा पौडेल
८. सदस्य श्री लक्ष्मी सुबेदी
९. सदस्य श्री तिला देवि सापकोटा रेग्मी
१०. सदस्य श्री बिष्णु प्रसाद चापागाई
११। सदस्य श्री मंदोधारी सापकोटा सुबेदी
सल्लाहकार समिति २०८१र८२
१. सल्लाहकार संयोजक श्री मदनभक्त अधिकारी
२. सल्लाहकार सदस्य श्री इन्द्र राज ज्योति पौडेल
३. सल्लाहकार सदस्य श्री डा। नारायण प्रसाद गौतम
४. सल्लाहकार सदस्य श्री ओम प्रसाद सापकोटा
५. सल्लाहकार सदस्य श्री धन प्रसाद सापकोटा
लेखा तथा सुपरिबेक्षक समिति २०८१र८२
संयोजक श्री खुमनाथ पौडेल
सदस्य श्री शशिधर न्यौपाने
सदस्य श्री हेमा काफ्ले
गुरुयोजना तयारी संयोजक श्री इन्द्र राज ज्योति पौडेल,सल्लाहकार,कालिका मन्दिर कालिका आश्रम
प्राबिधिक सहजकर्ता श्री ई। स्वस्तिका पौडेल
म्क्ष्च्भ्ऋत्इच्, एब्त्त्भ्च्ल्क् ब्ल्म् एीब्ऋभ्क्
गुरु योजना साधारण सभाद्वारा पारित मिति २०८१र))र)) गते )))वार ।